बालेनविरुद्ध महानगरका कर्मचारी एकजुट, अनधिकृत व्यक्तिहरुबाट त्रास सिर्जना गरिएको आरोप
काठमाडौं । काठमाडौं महानगरपालिकाका कर्मचारी संगठनहरुले मेयर बालेन शाहले अभिभावकीय भूमिका नदेखाएको र अनधिकृत व्यक्तिको मौखिक आदेशबाट काम गर्न कर्मचारीलाई दबाब दिइएको भन्दै संयुक्त वक्तव्य जारी गरेका छन् ।
आइतवार चारवटा कर्मचारी संगठनहरुले वक्तव्य जारी गर्दै महानगर प्रमुख जस्तो जिम्मेवारीमा रहेको व्यक्तिले समन्वयात्मक भूमिका खेल्नुको साटो उत्तेजित शब्दावली प्रयोग गरेर थप समस्या सिर्जना गरिरहेको आरोप लगाएका छन् ।
प्रशासकीय अधिकृतलाई अपमाजनक ढंगले काम गर्न रोक लगाएर मेयरले समस्या सिर्जना गरेको भन्दै उनीहरुले ५ दिनभित्र कर्मचारीका माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।
उनीहरुले व्यक्तिको मौखिक आदेश निर्देशनबाट प्रशासन संयन्त्र संचालन गर्न खोज्दा अहिलेको समस्या पैदा भएको र अनधिकृत व्यक्तिहरुबाट कर्मचारीलाई त्रास सिर्जना गरिएको समेत बताएका छन् । कर्मचारीले ५ महिनादेखि तलब नपाएको तर समस्या समाधानमा मेयर गम्भीर नभएको उनीहरुको आरोप छ ।
उनीहरुले कर्मचारीको पारिश्रमिक यथाशीघ्र उपलब्ध गराउन ५ दिनको अल्टिमेटम दिएका हुन् । विज्ञप्तिमा स्थानीय तह कर्मचारी यूनियनका अध्यक्ष नरवहादुर साउद,स्थानीय तह कर्मचारी संघ नेपालका महासचिव शम्भु बराल,परिषद अध्यक्ष उत्तम कुमार घले र सफाइ श्रमिक संघकी अध्यक्ष रमिला पुजारीले हस्ताक्षर गरेका छन् ।
मेयर शाहले प्रशासकीय अधिकृत सरोज गुरागाईमाथि अपुष्ट आरोप लगाएर कार्यालय प्रवेशमा रोक लगाएपछि महानगरपालिका प्रशासकीय नेतृत्वविहीन अवस्थामा छ । गुरागाईमाथि छानविन गर्न गठित समितिले उनी दोषी नदेखाए पनि मेयरले अर्को प्रशासकीय अधिकृत मागेका छन् ।
मेयरको इगोका कारण कर्मचारीले तलब नपाएको,पुर्वाधारको काम ठप्प भएको र महानगरको प्रशासकीय काम नभएको भन्दै कर्मचारीले आन्दोलनको चेतावनी दिएका हुन् ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अनधिकृत व्यक्तिहरुबाट त्रास सिर्जना गरिएको आरोप, #बालेनविरुद्ध महानगरका कर्मचारी एकजुट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्