राजावादी आन्दोलनमा निधन भएका सविनको शव उठेन, परिवारद्वारा राहत र शहीद घोषणाको माग
काठमाडौं । दुई दिनअघि राजसंस्था पुन:स्थापनाको मागसहित काठमाडौंमा भएको आन्दोलनमा प्रहरीको गोली लागि निधन भएका युवा सविन महर्जनको शव अझै उठेको छैन । आर्थिक क्षतिपूर्ति र शहीद घोषणाको माग गर्दै परिवारले लव उठाउन इन्कार गरेका हुन् ।
कीर्तिपुर-४ गाम्चा निवासी २९ वर्षीय सविनलाई तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली हानेको थियो । छातीमा गोली लागेर गम्भीर घाइते अवस्थामा उनलाई अस्पताल पुर्याइए पनि ज्यान जोगिन सकेन । टिचिङ अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरे । संयुक्त जनआन्दोलन समितिले सविनलाई राजावादी आन्दोलनको पहिलो शहीद घोषणा गरेको छ ।
सविन एक सामान्य यातायात मजदुर हुन् । उनी काठमाडौं-हेटौंडा रुटमा सुमो चलाउँथे । राजनीतिमा उनी संलग्न थिएनन् ।
शुक्रबार बिहान सविन बल्खुमा गाडी बनाउनुपर्ने भन्दै घरबाट मोटरसाइकल लिएर निस्किएका थिए । श्रीमान् आन्दोलनमा सहभागी भएकोबारे आफूलाई थाहै नभएको श्रीमती भविषाले बताएकी छन् । दिउँसो उनले श्रीमानलाई फोन गर्दा प्रहरीले उठाएपछि छाँगाबाट खसेझैँ भएकी थिइन् । प्रहरीले श्रीमान गम्भीर घाइते भएर अस्पताल ल्याइएको जानकारी दिएका थिए । भविषा अस्पताल पुग्दा सविनलाई मृत घोषणा गरिसकिएको थियो ।
सविन र भविषाका एक छोरी छन् । श्रीमानको निधनपछि बज्रपातमा परेकी भविषाले आफू बेसहारा बनेको बताउँछिन् । यसअघि ११ जनाको संयुक्त परिवारको आर्थिक दायित्व सविन एक्लैले बोक्दै आएका थिए । उनको निधनपछि परिवारकै बिचल्ली भएको छ ।
निधनको खबरपछि सविनकी ७५ वर्षीया हजुरआमा अस्वस्थ बनेकी थिइन् । उनलाई अहिले कीर्तिपुरको काठमाडौं मोडल अस्पतालमा राखिएको छ ।
यता, सविनको शव उठाउन परिवारले मानेका छैनन् । श्रीमानलाई शहीद घोषणा गर्नुपर्ने र परिवारलाई ५० लाख क्षतिपूर्ति दिइनुपर्ने सविनाको माग छ । उनले रोजगारीको माग पनि राखेकी छन् । संयुक्त जनआन्दोलन समिति र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि परिवारको मागमा समर्थन जनाएका छन् ।
राप्रपाको हिजो बसेको बैठकले आन्दोलनमा निधन भएका सविन र पत्रकार सुरेश रजकलाई शहिद घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने माग गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #परिवारद्वारा राहत र शहीद घोषणाको माग, #राजावादी आन्दोलनमा निधन भएका सविनको शव उठेन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्