बालेन सस्तो लोकप्रियताको दौडमा रहेको डा. लोहनीको टिप्पणी, ७ बुँदामा मागे मेयरको जवाफ
काठमाडौं । राप्रपाका नेता तथा पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह सस्तो लोकप्रियताको दौडमा रहेको टिप्पणी गरेका छन् ।
शुक्रबार तीनकुनेमा भएको कार्यक्रममा फोहोर र तोडफोडको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवानाको पत्र काटेकोमा असन्तुष्टि जनाउँदै डा. लोहनीले कुन कानूनअन्तर्गत जरिवानाको पत्र पठाइएको भन्ने प्रश्न गरेका छन् ।
राजसंस्था पुन:स्थापना आन्दोलनका एक नेता डा. लोहनीले सात बुँदे वक्तव्यमार्फत मेयर बालने शाहसँग जवाफ मागेका छन् । आफूहरू अहिलेसम्म बालेनका हितैसी रहेको भन्दै विना प्रसंग र आयोजक नै नरहेका व्यक्तिसँग जरिवाना मागिनुले सस्तो लोकप्रियताको दौडमा रहेको बुझिने बताएका हुन् ।
यस्तो छ डा. लोहनीको वक्तव्य
मेयर बालेन सााहले राजा ज्ञानेन्द्रलाई जरिवाना तोक्नु भएछ । के यो ठीक हो ?
एकपटक निम्न बुँदाहरू विचार गरौं ।
१) चैत्र १५ गतेको राजनैतिक कार्यक्रममा दुई पक्ष थिए । एउटा कार्यक्रम गर्ने पक्ष र अर्को कार्यक्रम गर्न स्वकृति दिने पक्ष अर्थात नेपाल सरकार ।
(२) कार्यक्रम सुरु भएर मञ्चमा बोल्नु अगाडि नेपाल सरकारकों तर्फबाट मकै पड्केको जस्तो गरी मञ्चमा अश्रुग्यास प्रहार भयो।म स्वयं बोल्नेप्रयास गर्दै थिए अश्रुग्यास प्रहार वाट आखा नदेख्ने र स्वास फेर्न पनि गाह्रो अवस्थामा पुगे ।
(३) ठूलो भीडको बिचमा, आफैँले भाषण गर्न स्वीकृति दिएको सभामा र भाषण गर्ने मञ्चमा समेत अश्रुग्यास प्रहार गर्नु कुन नियम, कानून र प्रोटोकलले जायज छ ?
यस्को दोषी को हो ?
४) अश्रुग्यास प्रहारबाट भिड आक्रोशित भएर तितर-बितर भयो । आफूले स्वीकृति दिएर स्वभावत: भइरहेको भाषण र आमसभालाई नेपाल सरकार स्वयंले भाँड्यो र आतङ्कको स्थिति सिर्जना गयो । यो तथ्यलाई बालेनजीले कसरी हेर्नुभएको छ ?
५) यसपछिको आक्रोसित भिड र प्रहरीबीच द्वन्द्व र नोक्सानसमेत भयो ।
६) माथि १ देखि ५ सम्मको घटनामा बालेनको नजरमा राजा ज्ञानेन्द्र शाह कसरी र किन जोडिन पुग्नुभयो ।
७) कानूनबमोजिम यो सब घटनामा स्वीकृति लिने र दिने पक्ष हुँदाहुँदै सबै तथ्य बिर्सिएर राजा ज्ञानेन्द्र शाहलाई जरिवाना भन्ने पत्र पठाउन नेपालको कुन कानून र मान्यताले दिन्छ ?
बालेनजीले जनतालाई राम्रोसँग बताउनुपर्यो ।
अन्यथा यो पत्राचारलाई सस्तो लोकप्रियताको दौडमात्र रहेको बुझ्नुपर्ने भएको छ ।
बालेनजी, मजस्ता धेरै काठमाडौंबासी शुभचिन्तक तथा आमनागरिक अहिलेसम्म तपाईका हितैसि छौं , तर अब हामीलाई जवाफ चाहियो ।
क्याटेगोरी : समाचार
ट्याग : #७ बुँदामा मागे मेयरको जवाफ, #breaking, #बालेन सस्तो लोकप्रियताको दौडमा रहेको डा. लोहनीको टिप्पणी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्