राजावादी प्रदर्शनलाई उत्तेजित बनाएको आरोपमा पक्राउ परेकाहरूको म्याद थपबारे प्रहरी अनिर्णीत
काठमाडौं । राजावादी प्रदर्शनलाई उत्तेजित बनाएको आरोपमा पक्राउ परेका नेताहरूको म्याद थप्ने, नथप्नेबारे प्रहरी अनिर्णीत बनेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी विश्व अधिकारीले अहिल्यै म्याद थप्न लैजाने तयारी नरहेको बताए । ‘हामी अझै निष्कर्षमा पुगेका छैनौं, उनले भने, ‘सबै कुरा हेरेर दिनभरिमा केही न केही होला ।’
शुक्रवार काठमाडौंको कोटेश्वर-तीनकुने क्षेत्रमा भएको राजावादी प्रदर्शनलाई उत्तेजक बनाएको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र कानुन व्यवसायी भद्रप्रसाद (स्वगत) नेपालसहित १११ जना पक्राउ परेका छन् ।
यस्तै राप्रपाले आफ्ना नेतासहित पक्राउ परेकाहरुलाई छाड्न २४ घण्टाको अल्टिमेटम दिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राजावादी प्रदर्शनलाई उत्तेजित बनाएको आरोपमा पक्राउ परेकाहरूको म्याद थपबारे प्रहरी अनिर्णीत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्