टोखा नगरपालिकामा जेष्ठ नागरिकका लागि अल्जाइमर्स रोग तथा हेरचाहसम्बन्धी जानकारीमूलक कार्यक्रम
मैजुहिटी, काठमाडौँ । टोखा नगरपालिका, मैजुहिटीस्थित नगर कार्यपालिकाको कार्यालयमा ज्येष्ठ नागरिकहरूका लागि अल्जाइमर्स रोग तथा हेरचाह सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम २०८१ साल चैत्र १५ गते बिहान ११:३० बजे सुरु भई नगरपालिकाको सामाजिक समावेशीकरण शाखाको आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रममा अल्जाइमर्स रोगका कारण, समाधानका उपायहरू र हेरचाहका विधिहरू बारे विज्ञहरूद्वारा जानकारी प्रदान गरिएको थियो । यससम्बन्धी विज्ञ मनोहर उप्रेतीले रोगको अवस्थाबारे पावरपोइन्ट प्रिजेन्टेसन प्रस्तुत गरेका थिए भने टोखा चण्डेश्वरी अस्पतालकी मेडिकल अफिसर सुजाता नगरकोटीले रोगसम्बन्धी जटिलताहरू, रोकथामका उपाय र हेरचाह विधिहरूबारे प्रशिक्षण दिएकी थिइन्। नगरपालिकाका विभिन्न वडाबाट आएका ५२ जना ज्येष्ठ नागरिकको सहभागिता रहेको फोकल पर्सन तथा वरिष्ठ महिला विकास सहायक लिला रिमालले जानकारी दिइन्।
अल्जाइमर्स रोग मस्तिष्कमा असर पार्ने एक जटिल स्नायुगत रोग हो, जसले स्मरणशक्ति, सोच्ने क्षमतामा गिरावट ल्याउँछ र दैनिक जीवनयापनमा समस्या उत्पन्न गराउँछ। यो रोग सामान्यत: वृद्ध व्यक्तिहरूमा देखिन्छ, तर कहिलेकाहीँ युवावस्थामा पनि देखिन सक्छ। रोगको प्रमुख कारणमा मस्तिष्कको न्यूरोनहरू क्षयीकरण हुनु, प्रोटीनको असामान्य संचय, वंशाणुगत असर, तथा अन्य स्नायुगत समस्याहरू पर्दछन्। प्रारम्भिक लक्षणहरूमा भुल्ने बानी, नाम, ठाउँ, समय बिर्सने, विचार गर्ने क्षमतामा समस्या देखिनु, व्यवहारमा परिवर्तन आउनु आदि पर्दछन्। जटिल अवस्थामा बिरामीलाई आफ्नै परिवार, घर र आफ्नो पहिचानसमेत सम्झन गाह्रो हुन्छ।
विश्वभर अल्जाइमर्स रोगबारे अनुसन्धान हुँदै आएको छ। सन् १९०६ मा जर्मन न्यूरोलोजिस्ट एलोइस अल्जाइमरले पहिलो पटक यो रोग पहिचान गरेका थिए। विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वभर लाखौँ मानिसहरू यो रोगबाट प्रभावित छन्। विकसित देशहरूमा यसको रोकथाम तथा व्यवस्थापनका लागि विशेष नीति बनाइएका छन् भने नेपालमा यसबारे जनचेतना अभाव देखिन्छ। नेपालमा वृद्धजनसंख्या बढ्दै गएकाले निकट भविष्यमा यो रोगको प्रभाव झन् बढ्न सक्ने विज्ञहरूको अनुमान छ। यही कारण, यस्ता सचेतनामूलक कार्यक्रमहरूको आवश्यकता अझ बढ्दो छ।
टोखा नगरपालिकाले अल्जाइमर्स रोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्न भविष्यमा पनि अन्य वडाका वृद्धवृद्धाको सहभागितामा यस्तै कार्यक्रम गर्ने सामाजिक समावेशीकरण शाखा प्रमुख निर्मला रेग्मीले बताउनुभयो। उपस्थित वृद्धवृद्धाहरूले प्रशिक्षणबाट महत्वपूर्ण जानकारी प्राप्त गरेको अनुभव व्यक्त गरेका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा नगरपालिकामा जेष्ठ नागरिकका लागि अल्जाइमर्स रोग तथा हेरचाहसम्बन्धी जानकारीमूलक कार्यक्रम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्