राजावादीका अपराधिक गतिविधिको प्रतिरोध गर्ने प्रमुख दलका युवा संगठनको चेतावनी
काठमाडौं । प्रमुख राजनीतिक दल आबद्ध युवा संगठनहरुले राजावादीहरुका अपराधिक गतिविधि कायम रहे प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।
कांग्रेसको भातृ संगठन तरुण दल,एमालेको राष्ट्रिय युवा संघ,माओवादी केन्द्रको वाइसिएल लगायत संगठनले शुक्रवार संयुक्त वक्तव्यमार्फत अपराधिक गतिविधि गर्नेलाई कानूनी दायरमा ल्याउन माग गरेका छन् ।
उनीहरुले पत्रकारको हत्या तथा सार्वजनिक र निजी सम्पत्तिमा भएको आगजनीका घटनामा संलग्नको पहिचान गर्न र व्यवस्था विरोधीलाई कारवाहीको दायरमा ल्याउन माग गरेका छन्
तरुण दल अध्यक्ष विद्धान गुरुङ,युवा संघ अध्यक्ष क्षितिज थेबे,वाइसिएल अध्यक्ष सुबोध शेर्पाली,युवा संगठन अध्यक्ष दिनेश सी लगायतले विज्ञप्तिमार्फत राजावादीको प्रतिरोध गर्ने बताएका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राजावादीका अपराधिक गतिविधिको प्रतिरोध गर्ने प्रमुख दलका युवा संगठनको चेतावनी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्