नवराज सुवेदीले भने- शान्तिपूर्ण आन्दोलनमा दमन गरियो, सबै घटनाको जवाफदेही नेपाल सरकार
काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आजको आन्दोलनमा भएका अप्रिय घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।
प्रहरीले सुरुमै बल प्रयोग गरेर कार्यक्रम गर्न नदिँदा यो स्थिति उत्पन्न भएको उनको दाबी छ ।
एक भिडिओ विज्ञप्ति जारी गर्दै उनले प्रहरीको गोलीबाट मारिएका सविन महर्जनलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।
सुवेदीको विज्ञप्तिका सार यस्तो छः
आज हामीले शान्तिपूर्ण प्रदर्शन गर्न लागेका थियौं । तर सुरुदेखि नै हामीलाई प्रशासनबाट अत्याचार र थिचोमिचो भयो । म गाडीबाट मञ्चमा जान ओर्लिँदा नै ३÷४ राउन्ड टियर ग्यास हानिएको थियो । मञ्चमा गएपछि दसौं राउन्ड टियर ग्यास प्रहार भयो । मैले बोल्न पाइनँ । मञ्चमा बस्न पनि सकिनँ । त्यस्तो वातावरण सिर्जना भएपछि जनमानसमा आक्रोश उत्पन्न भयो ।
घरको छतबाट टियर ग्यास हानियो । त्यो घरभरि पुलिसहरु लुकाएर राखेको रहेछ । मासले थाहा पाएपछि तोडफोड र आगजनी गरे । त्यसपछि प्रहरीले अन्धाधुन्द फायरिङ गर्दा किर्तिपुरका सविन महर्जन किर्तिपुरको मृत्यु भएको छ । । दर्जनौं मानिसहरु घाइते भएका छन् । उनीहरु विभिन्न अस्पतालमा छन् । यो दुखद हो । सबैप्रति हार्दिक सहानुभूति व्यक्त गर्दछु ।
उहाँहरुको उपचारको व्यवस्था हुनुपर्यो । सबै सरकारले गरोस । सविन महर्जनलाई उचित क्षतिपूर्ति परिवारले पाउनुपर्ने हाम्रो माग छ । हाम्रो ज्यादति केही पनि छैन । सुरुदेखि नै हाम्रो मासलाई इरिटेड गराउने र बल प्रयोग गर्ने काम भएको छ ।
सरकार र प्रहरीबाट जुन बितण्डा गरियो, त्यसले नै आजको स्थिति सिर्जना भएको हो । म पश्चाताप गर्छु, नहुनुपर्ने भयो । यसको सम्पूर्ण जवाफदेही नेपाल सरकार हुनुपर्र्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नवराज सुवेदीले भने- शान्तिपूर्ण आन्दोलनमा दमन गरियो, #सबै घटनाको जवाफदेही नेपाल सरकार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्