भोलि पनि आन्दोलन हुन्छ ? धवलशम्शेर भन्छन्- जनता नथामिने स्थिति देख्दैछु
काठमाडौं । राजावादीहरुको आन्दोलन आज अशान्तपूर्ण बनेपछि भोलिदेखि के हुन्छ भन्ने चिन्ता र चासो सर्वसाधारणमा बढेको छ । यसअघि संयुक्त जनआन्दोलन मुल समितिले शनिबार आन्दोलन नगर्ने र आइतबारदेखि निरन्तर सडकमा आउने घोषणा गरेको थियो ।
भोलि शनिबार घोडेजात्रा पर्व भएकाले आन्दोलन नगर्ने निर्णय समितिले यसअघि गरेको हो । तर, यो निर्णयमा पुनर्विचार हुन सक्ने राप्रपा महामन्त्री तथा संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक डा. धवलशम्शेर
‘भोलि घोडेजात्रा हो हामीले नगर भन्या छौं । तर आज सरकारले जस्तो हरकत र रवैया अपनायो, त्यसले गर्दाखेरि के हुन्छ भन्न सकिँदैन ।’
सरकारले राजालाई पनि पक्राउ गर्ने कुरा गरिरहेकाले जनता आक्रोशित मनस्थितिमा रहेको उनको भनाइ छ ।
राणा भन्छन्, ‘एक जनाको मृत्यू भयो, एक जनालाई गोली लाग्या छ । राजालाई अरेस्ट गर्ने कुरा गरिराख्या छन् । त्यस्तो भयो भने मान्छे आफैं निस्किने स्थिति देखिराख्या छु मैले । परिस्थिति नाजुक छ । जनता थामिन्छन् जस्तो मलाई लाग्या छैन ।’
आज बैठक बसेर अर्को निर्णय लिनुहुन्छ ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘बैठक बस्ने भन्दा पनि सरकारले के गर्छ, त्यसअनुसार हामीले प्रतिवाद गर्नुपर्ने स्थिति हुन सक्छ ।’
संयुक्त जनआन्दोलन समितिले सरकारलाई एक हप्ताको अल्टिमेटम दिएको थियो । सरकारले मागको सुनवाइ नगरेको खण्डमा एक हप्तापछि आन्दोलन देशव्यापी बनाउने निर्णय समितिले गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भोलि पनि आन्दोलन हुन्छ ? धवलशम्शेर भन्छन्- जनता नथामिने स्थिति देख्दैछु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्