Techie IT
आईतबार, साउन २४,२०८३

समाजवादी मोर्चाको विरोधसभालाई ४ नेताले मात्रै सम्बोधन गर्ने, झलनाथ नजाने


काठमाडौं । समाजवादी मोर्चाले आज काठमाडौंमा विरोधसभा गरेको छ। मोर्चाको विरोध प्रदर्शन विभिन्न ठाउँबाट सुरु भइसकेको छ।

 

र्‍याली भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत हुनेछ। सभालाई मोर्चामा आबद्ध चार दलका अध्यक्षहरूले मात्रै सम्बोधन गर्ने भएको छ। सरकार र राजावादीहरूलाई दबाब दिनको लागि मोर्चाले आज प्रदर्शन गरेको हो।

आजको सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द र नेसपाका अध्यक्ष महिन्द्रराय यादले सम्बोधन गर्नेछन्।

 

यसैबीच, मोर्चामा चार पार्टीका अध्यक्षहरूले मात्रै सम्बोधन गर्ने तय भएपछि नेकपा एसका सम्मानित नेता झलनाथ खनाल भने सभामा नजाने भएका छन्। खनाल यसअघिदेखि नै मोर्चाप्रति सकारात्मक सुनिँदैनन्।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #झलनाथ नजाने, #समाजवादी मोर्चाको विरोधसभालाई ४ नेताले मात्रै सम्बोधन गर्ने


तपाईको कमेन्ट लेख्नुहोस्