तीर्थयात्राको स्कर्पियो दुर्घटनामा चारजनाको मृत्यु
तुलसीपुर, चैत १५ गते । तीर्थयात्राका लागि गएको स्कार्पियो गाडी दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिकाका चारजनाको मृत्यु भएको छ । तुलसीपुरबाट भारतको विभिन्न तीर्थस्थल यात्राका लागि बिहिबार बिहान तुलसीपुरबाट छुटेको भारतीय नम्बर प्लेटको युपी ३१ एसी ७२०० नम्बरको स्कर्पियो गाडी भारतको तुलसीपुर नजिकै दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर जिसीका अनुसार दुर्घटनामा परी गाडी चालक तुलसीपुर–७ पर्सेनीका अन्दाजी ३७ वर्षीय युवराज चापागाईसहित चारजनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी तुलसीपुर–७ कै निवासी मोतीराम वलीकी आमा ८० वर्षीया वृद्धाको मृत्यु भएको छ । मृतक दुईजनाको भने अझै नाम खुलेको छैन । गाडीमा नौ जना सवार रहेको र अरु घाइते भएको उहाँले बताउनुभयो । वडाध्यक्ष जिसीका अनुसार दुर्घटना बिहिबार दिउँसो ४ बजेतिर भएको हो । मृतक चारजनालाई घरमा ल्याउने थालिएको वडाध्यक्ष जिसीले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तीर्थयात्राको स्कर्पियो दुर्घटनामा चारजनाको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्