राजसंस्थाको पक्षमा भोलि हुने जनप्रदर्शनलाई राप्रपाको पनि साथ, सक्रिय सहभागी हुन आह्वान
काठमाडौं । राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापना तथा संघीयता खारेजीको मागसहित भोलि काठमाडौंमा हुन लागेको जनप्रदर्शनलाई राप्रपाले पनि खुलेर समर्थन गर्ने जनाएको छ ।
पार्टीका प्रवक्ता मोहन श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै प्रदर्शनमा सक्रिय सहभागी हुन पार्टी पंति र आमजनतालाई अपिल गरेका छन् ।
आज एक विज्ञप्ति निकाल्दै श्रेष्ठले पार्टीका तर्फबाट यस्तो अपिल गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ ‘भोलि चैत १५ गते काठमाडौंको तिनकुनेमा हुने प्रदर्शन र आन्दोलनमा सक्रिय सहभागी हुन र आन्दोलनलाई उचाइ प्रदान गर्न पार्टी पंति र आम जनसमूदायलाई राप्रपा हार्दिक आह्वान गर्दछ ।’
यसैबीच राप्रपाको नक्कली लेटरप्याड बनाएर प्रवक्ताका नाममा भोलिको आन्दोलन स्थगित हुने भनि भ्रमपूर्ण प्रचार गरिएको श्रेष्ठले बताएका छन् ।
उनले यस कार्यको भत्र्सना गर्दै भ्रममा नपर्न अनुरोध गरेका छन् । समान विचार र उद्देश्य भएका सबैसँग सहकार्य, कार्यगत एकता र मोर्चा बनाएर आन्दोलनको मोर्चामा उभिन पार्टी प्रतिवद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राजसंस्थाको पक्षमा भोलि हुने जनप्रदर्शनलाई राप्रपाको पनि साथ, #सक्रिय सहभागी हुन आह्वान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्