अनेरास्ववियु नेपाल ल क्याम्पस को पहलमा नेपाल ल क्याम्पसमा बस्यो स्ववियु केन्द्रित सर्वपक्षीय बैठक
काठमाडौं, १४ चैत । नेपाल ल क्याम्पसमा पटक पटक स्थगित भएको स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन गराउने वातावरण बनाउन छलफल गर्ने भन्दै अनेरास्ववियु नेपाल ल क्याम्पस कमिटिका अध्यक्ष कैलास तामाङको पहलमा नेपाल ल क्याम्पसका सम्पुर्ण बिद्यार्थी संगठनका अध्यक्षहरुको बैठक बसेको छ ।
निर्वाचन गराउन सम्पुर्ण बिद्यार्थी संगठन बिच छलफल गरि नयाँ कार्यतालिका प्रकाशन गरि निर्वाचन गर्न सहमती गर्ने भन्दै बैठकको बसेको हो ।
उक्त बैठकमा पटक पटक अवरोध हुँदै आएको विषय र कारणमा छलफल गरि छलफल मार्फत समस्याको समाधान निकाल्ने विषयमा छलफल भएको थियो । उक्त बैठक अनेरास्ववियुका अध्यक्ष कैलास तामाङको पहलमा बसेको हो । भोलि बिहान ८ बजे पुन; बैठक बस्ने गरि आजको बैठक सम्पन्न भएको छ ।
नेपाल ल क्याम्पसमा कुनै पनि हालतमा निर्वाचन गर्न र विद्यार्थीहरुको मताधिकारको सम्मान गर्न सबै बिद्यार्थी संगठन प्रतिवद्द हुनुपर्नेमा अनेरास्ववियुले सुरुबाटै जोड दिदै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #अनेरास्ववियु नेपाल ल क्याम्पस को पहलमा नेपाल ल क्याम्पसमा बस्यो स्ववियु केन्द्रित सर्वपक्षीय बैठक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्