कुलमान प्रकरण : विपक्षीले छाडेनन् अडान, सदन बस्दै नबसी स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्री केपी ओलीले जवाफ दिनुपर्ने अडान राखेपछि बैठक सुरू नहुँदै स्थगित गरिएको हो ।
बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो । तर, विपक्षीले अडान नछाडेपछि २ बजेसम्मको लागि बैठक स्थगितको सूचना टाँसिएको छ ।
हिजो पनि विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि बैठक अवरुद्ध भएको थियो । यता राष्ट्रियसभा बैठक पनि विपक्षीको अवरोधपछि एक घण्टाका लागि स्थगित गरिएको छ ।
विपक्षीले प्रधानमन्त्रीको जवाफ मागिरहेको बेलामा प्रधानमन्त्रीले हिजो एक कार्यक्रममा ‘एउटा कर्मचारीलाई हटाएर, अर्को राखियो सकियो’ भनेका थिए । प्रधानमन्त्रीको यो भनाइले विपक्षीहरू झन् बिच्किएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कुलमान प्रकरण : विपक्षीले छाडेनन् अडान, #सदन बस्दै नबसी स्थगित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्