Techie IT
शनिबार, साउन २३,२०८३

राष्ट्रियसभामा आज पनि कुलमान हटाउने निर्णयको विरोध, विपक्षीको अवरोधपछि बैठक स्थगित


काठमाडौं । राष्ट्रियसभामा विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको आज पनि विरोध भएको छ। बैठक सुरु भएदेखि विपक्षी दलका सांसदहरूले उठेर अवरोध गरे।

 

विपक्षी दलका सांसदहरूले निरन्तर उठेर अवरोध गरेपछि अध्यक्ष नारायण दाहालले आजै बस्ने गरी एक घण्टाका लागि बैठक स्थगित गरे। हिजो पनि विपक्षीको अवरोध पनि बैठक स्थगित भएको थियो।

यता प्रतिनिधि सभामा पनि प्रधानमन्त्री केपी ओलीले कुलमान हटाउने निर्णयको स्पष्टीकरण नदिए बैठक चल्न नदिने अडान विपक्षी दलहरूले राखिरहेका छन्। बिहान ११ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राष्ट्रियसभामा आज पनि कुलमान हटाउने निर्णयको विरोध, #विपक्षीको अवरोधपछि बैठक स्थगित


तपाईको कमेन्ट लेख्नुहोस्