आगलागीबाट १५ लाखको क्षति
भारदह(सप्तरी), चैत १४ गते । सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर ५ गंगाजलीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको जनाइएको छ ।
बिहीबार बिहान ३ बजे स्थानीय सोमप्रसाद आचार्यको गाईगोठमा बालेको घुरबाट आगलागी हुँदा जस्ता र काठले बनेको एकतले गाईगोठ र गोठमा भएको भैंसीको पाडा तथा दुईवटा बाख्रा जलेर नष्ट भएको छ ।
गोठसँगै रहेको घरमा समेत आंशिक क्षति भएपछि १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रवक्ता एवम् डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिनुभएको छ ।
आगो निभाउने क्रममा आचार्यको हात, खुट्टा र शरीर आगोले पोली सामान्य घाइते भएका छन् । आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयकोको सहयोगमा नियन्त्रणमा लिएको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #आगलागीबाट १५ लाखको क्षति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्