द्वन्द्वपीडितको घाउमा मल्हम लगाउँ, मलाई श्रेय चाहिएनः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रिया पूरा गर्ने प्रयासमा आफूलाई कुनै श्रेय नचाहिएको बताएका छन् । पीडितको घाउमा मल्हम लगाउने आफ्नो एकमात्रै ध्येय रहेको उनको भनाइ छ ।
नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य न्याय र परिपूरणीय अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनमा बोल्दै ओलीले यस्तो बताएका हुन् ।
उनले भने, ‘नेपालमा शान्ति प्रक्रिया हामी आफैँले सुरू गरेर अगाडि बढाएका हौं । कसले श्रेय लिने हो भन्ने छोडौं । म यसलाई सफलमात्रै पार्न चाहन्छु । श्रेय जति मबाहेक सबैलाई दिन चाहन्छु । मलाई श्रेयको भोक होइन । श्रेय चाहिएन ।’
ओलीले अब नेपालमा शान्ति हुन्छ भनेर जनतालाई निश्चिन्त बनाउनुपर्नेमा जोड दिए ।
‘हामीले जनतालाई निश्चिन्त बनाउँ । अब नेपालमा शान्ति हुनेछ । यस्तो हिंसा हुने छैन । यसरी मान्छे पिडित हुने छैन । यहीँ बस्नेबीचकै (आफूसहित देउवा र प्रचण्ड) त कुरा हो नि ! एकजना भर्खर जानुभयो, म बोल्दैछु, एकजना यहीँ हुनुहुन्छ । हामीले संकल्प गर्यौं भने यो चिजलाई रोक्न सक्ने कुरा छैन । पीडितलाई न्याय दिन नसकिने कुरा छैन । सकिन्छ । सक्नुपर्छ । त्यही विश्वासमा लागेको छु ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #द्वन्द्वपीडितको घाउमा मल्हम लगाउँ, #मलाई श्रेय चाहिएनः प्रधानमन्त्री ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्