एक साताभित्र कर्मचारीले तलब नपाए कडा आन्दोलन गर्ने स्थानीय तह कर्मचारी संघको चेतावनी
काठमाडौं । काठमाडौं महानगरपालिका ३ महिनादेखि प्रशासनिक नेतृत्वविहीन हुँदा कर्मचारीले तलब नपाएको, विकासे काम ठप्प भएकोप्रति स्थानीय तह कर्मचारी संघले आपत्ति जनाएको छ ।
केन्द्रीय अध्यक्ष नारायणप्रसाद शर्माले एक विज्ञप्ति निकाल्दै तलब अभावमा झण्डै ४ हजार पेशाकर्मीको दैनिकी समस्या पर्दा पनि महानगर नेतृत्व जिम्मेवार र गम्भीर नभएको टिप्पणी गरिएको छ ।
मेयर बालेनको गतिविधि लक्षित गर्दै विज्ञप्तिमा भनिएको छ, ‘सम्बन्धित पक्षसँग समन्वयात्मक तवरले समस्याको निकासको लागि पहल गनुपर्नेमा झनै समस्या लम्ब्याउने तवरले सामाजिक सञ्जालको माध्यमबाट उच्छृंखल, अवाञ्छित एवं उत्तेजित शब्दावली प्रयोग गरी थप समस्याको सृजना गर्न उद्दत देखिनुले समस्या हल गर्नतर्फ हैन, आ-आफ्नो दम्भ प्रदर्शन गर्नतर्फ अग्रसर देखिन्छ ।’
स्थानीय तहको प्रशासनिक र राजनीतिक नेतृत्व एकै सिक्काका दुई पाटा भएको स्मरण गराउँदै संघले एक-अर्का बीच विश्वास एवं सहयोग भएमात्र सेवा प्रवाहमा गतिशीलता तथा प्रभावकारिता हासिल गर्न सकिने जनाएको छ ।
महानगरमा विधि र प्रक्रियाबाट नभई व्यक्तिको मौखिक आदेश, निर्देशनबाट प्रशासन संयन्त्र संचालन गर्न खोज्दा समस्या आएको ठहरसहित संघले भनेको छ, ‘अनधिकृत व्यक्तिहरूबाट कर्मचारीहरूलाई त्रास एवं भयको वातावरण सृजना गरी कानूनसम्मत ढंगले कार्य गर्न पाउने अधिकारलाई कुण्ठित गराई जबर्जस्त आदेश लाद्ने पद्दतिले काठमाडौं महानगरपालिकामा दिनानुदिन झनै जरा गाड्दै गएको छ ।’
पारिश्रमिकविहीनताको कर्मचारीको समस्या एक हप्ताभित्र समाधान नगरे कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनीसहित संघले र उक्त परिस्थितिबाट सृजित परिणामको जिम्मेवार महानगरको नेतृत्व हुनुपर्ने चेतावनी दिएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एक साताभित्र कर्मचारीले तलब नपाए कडा आन्दोलन गर्ने स्थानीय तह कर्मचारी संघको चेतावनी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्