चैत १५ गतेको विरोधसभामा सहभागी हुन समाजवादी मोर्चाको आह्वान, यी स्थानबाट निकालिँदैछ जुलुस
काठमाडौं । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा गर्ने प्रदर्शनलाई व्यवस्थित बनाउनेबारे छलफल गरेको छ । नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले हजारौंको संख्यामा काठमाडौंमा प्रदर्शन गर्ने तयारी भएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए ।
उनले हजारौंको संख्यामा उपस्थित गराउने अनुमान गरेपछि लाख डेढ लाखसम्म हुनसक्ने विश्लेषण सुनाए । उनका अनुसार जुलुस कोटेश्वर हुँदै माइतीघर मण्डला, कुपन्डोल, कालीमाटी, नागपोखरी पुतलीसडक, केही सुन्धारा, भृकुटीमण्डपको माथिल्लो चोकमा पुगेर सभामा परिणत हुने बताए ।
उनले भने, ‘यो भव्य विरोध प्रदर्शन हो । चारैतिरबाट जनताको उपस्थित र सहभागिता रहन्छ । जनताको धेरै ठूलो त्याग र बलिदानबाट यो व्यवस्था ल्याएको हो । त्यसैले सबैले आत्मसमीक्षा गर्दै गणतन्त्रलाई बलियो बनाउनुपर्छ भन्ने हो । फेरि देशलाई उल्टो बाटोमा फर्काउने कुरा राष्ट्रघाती हुन्छ । यो स्वीकार्य हुँदैन ।’
उनले १५ गतेको कार्यक्रममा सहभागी हुन सबै कम्युनिष्ट, वामपन्थीहरुलाई आह्वान गरे । उनले रावावादीहरुको बढ्दो सक्रियतामा विदेशी शक्तिहरुको आशक्ति देखिएको आशंका गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #चैत १५ गतेको विरोधसभामा सहभागी हुन समाजवादी मोर्चाको आह्वान, #यी स्थानबाट निकालिँदैछ जुलुस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्