प्रहरीको सरुवा मापदण्ड संशोधन गरिँदै- यी ८ विषयमा मागियो सुझाव
काठमाडौं । नेपाल प्रहरीले आफ्ना कर्मचारीको सरुवासम्बन्धी मापदण्डलाई परिमार्जन तथा संशोधन गर्ने भएको छ ।
नयाँ संगठन प्रमुख (आईजी) मा दिपक थापाले कार्यभार सम्हालेलगत्तै प्रधान कार्यालयस्थित कर्मचारी प्रशासन शाखाले यसलाई अगाडि बढाएको हो ।
कर्मचारी प्रशासन शाखाले मातहतका युनिटलाई चैत १२ को मितिमा पत्राचार गरी प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड २०७९ लाई परिमार्जन र संशोधन गर्न सुझाव मागेको छ । मापदण्डलाई थप प्रभावकारी बनाउन के-कस्ता प्रावधान थप गर्न उपयुक्त हुन्छ भनी सुझाव माग गरिएको हो ।
पत्रमा सोधिएको छ, ‘विद्यमान सरुवा मापदण्डमा उल्लेख भएका कुन कुन बुँदाहरू संशोधन गर्दा प्रहरी कर्मचारीको सरुवा प्रणाली अझ व्यवस्थित र विश्वसनीय हुन्छ ?’
उक्त पत्रअनुसारको सुझाव दिनका लागि चैत १५ सम्मको समयसीमा तोकिएको छ ।

माग गरिएको सुझावअन्तर्गत प्रहरी नायव महानिरीक्षक (डीआईजी) देखि प्रहरी निरीक्षक (इन्स्पेक्टर) दर्जामा कार्यालय प्रमुख हुने श्रेणीगत दरबन्दी वर्गीकरणसहित ८ बुँदा उल्लेख छन् ।
प्रहरीको सरुवा र पदस्थापनमा राजनीतिक नेतृत्व हावी हुँदा संगठनका नीति तथा योजना कार्यान्वयनमा समस्या रहदै आएको छ । संगठनका आन्तरिक प्रक्रिया र विषयहरुको समाधान संगठनद्वारा तय गरिने नीतिमा आधारित हुनुपर्ने मान्यतामा आधारित भएर यस्तो गरिएको प्रहरी स्रोतले जनाएको छ ।
सरुवा मापदण्डविपरीत विगतमा जिल्ला पठाइएका एसपीहरु पठाइएलगत्तै फिर्ता भएका थिए । एक जिल्लामा कार्यालय प्रमुख भएका कतिपय एसपी त्यसलगत्तै अर्को जिल्लामा कार्यालय प्रमुखकै रूपमा खटाइदा मापदण्डमाथि प्रश्न उठ्दै आएको थियो ।
प्रहरी परिचालनलाई व्यवस्थित र प्रभावकारी बनाउन उक्त पत्राचार भएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रहरीको सरुवा मापदण्ड संशोधन गरिँदै- यी ८ विषयमा मागियो सुझाव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्