तलब माग्न बालेनको कार्यालयमा पुगे शिक्षकहरू
काठमाडौँ- नेपाल शिक्षक महासंघ काठमाडौँ महानगरपालिका समितिले शिक्षकहरूले पाँच महिनादेखि तलब नपाएको भन्दै महानगरका मेयर बालेन्द्र शाह (बालेन) लाई ध्यानाकर्षण पत्र बुझाएको छ।
महानगरमा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त भएकाले नगरको शिक्षक कर्मचारीलाई तलब प्राप्त भएको छैन। महानगरका ३ हजार ६०० कर्मचारी मध्ये ७०० बढी शिक्षकहरू छन्।
तलब नपाउँदा घरव्यवहारमा समस्या भएको शिक्षकहरूले बताका छन्। उनीहरूले चाँडो तलबको व्यवस्था गरिदिन आग्रह गरेका छन्।
शिक्षकहरूले पत्रमा भनेका छन्, ‘काठमाडौँ महानगरपालिका शिक्षा विभागबाट विद्यालयहरूमा तलब निकासा नहुँदा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूले पाँच महिनादेखि तलब पाउन सकेका छैनन्। लामो समयदेखि तलब नपाउँदा शिक्षकहरू कोठा भाडा तिर्न नसकेर, दैनिक उपभोग्य वस्तु खरिद गर्न नसकेर र नियमित औषधि उपचार गर्न नपाएर समस्यामा पर्नुभएको छ।’
क्याटेगोरी : समाचार
ट्याग : #तलब माग्न बालेनको कार्यालयमा पुगे शिक्षकहरू
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्