काभ्रे जिसस प्रमुख तथा नेकपा एसका नेता दीपक गौतम बैंकिङ कसुरमा पक्राउ
काठमाडौं । काभ्रेका जिल्ला समन्वय समिति प्रमुख दीपक गौतम पक्राउ परेका छन् ।
उनलाई बैंकिङ कसुरको मुद्दामा प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।
नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका गौतम गत स्थानीय तह निर्वाचनमा तत्कालीन पाँच दलीय गठबन्धनबाट काभ्रेको जिसस प्रमुख बनेका थिए ।
विभिन्न व्यक्तिसँग आर्थिक लेनदेनका क्रममा उनले जारी गरेका चेक नसाटिएपछि उनीविरुद्ध बैंकिङ कसुरको मुद्दा दर्ता भएको थियो ।
उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरले नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर, भद्रकाली चलान गरिएको त्यहाँका प्रवक्ता एसपी अपिलराज बोहोराले बताए ।
रकम भुक्तानी दिनुपर्ने व्यक्तिहरुलाई राष्ट्रिय बाणिज्य बैंक, नयाँ बानेश्वर शाखामा रहेको खाताको चेक काटेका कारण उनीविरुद्ध त्यहाँ मुद्दा दायर भएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काभ्रे जिसस प्रमुख तथा नेकपा एसका नेता दीपक गौतम बैंकिङ कसुरमा पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्