दुर्घटनामा वडाध्यक्षसहित पाँच जना घाइते
हेटौँडा, चैत १३ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ६ नयाँ बस्ती सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्ष घाइते हुनुभएको छ ।
हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख २३६५न.को तोरी लोड बोकेको ट्रक बिग्री साइटमा रोकी राखेको अवस्था मनहरीतर्फबाट सुनाचुरीतर्फ जाँदै गरेको ना १ ब ३०६६ नम्बरको मोटरसाइकल ट्रकको पछाडि ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक मनहरी गाउँपालिका ६ चौकीटोल बस्ने मनहरी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष युवराज थपलिया घाइते हुनुभएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार मङ्लबार भएको उक्त दुर्घटनामा परी वडाध्यक्ष थपलियाको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ ।
थपलियालाई उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।
यस्तै, मनहरी गाउँपालिका ६ नयाँ बस्तीअन्तर्गत पूर्व–पश्चिम सडक खण्डमा ट्याङ्कर र ट्रक एक आपसमा ठक्कर खाई मङ्गलबार दुर्घटना हुँदा दुवै सवारी साधनका चालक र सहचालक गरी चार जना घाइते भएका छन् । हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना.४ख ८३७६ नम्बरको कालो मोबिल बोकेको लोड ट्याङ्कर र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०३–००१ख ३२३७ नम्बरको माटो बोकेको लोड ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ट्रक चालक पर्सा जिल्ला परवानिपुर ३ बस्ने वर्ष २५ का राजु कुमार साह र सह–चालक वर्ष २६ का राकेशकुमार कुसवाहकाे मनहरी अस्पतालमा उपचार भएको छ ।
यस्तै, ट्याङ्कर चालक भरतपुर महानगरपालिका २ क्षेत्रपुर बस्ने वर्ष २७ का महेश पाण्डे र सह–चालक पर्सा जिल्ला बहुदरमाई गाउँपालिका ७ बस्ने वर्ष १८ का गोबिन्द पटेललाई उपचारका लागि चितवन मेडिकल कलेज चितवनमा पठाइएको प्रहरीको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #दुर्घटनामा वडाध्यक्षसहित पाँच जना घाइते
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्