प्रचण्ड प्रमिथस बन्न खोजेको आरोप लगाउँदै ओलीको प्रश्न- आगो बोकेर आउनुभयो कि चिम ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोडसेडिङ आफूले हटाएको दावी गर्दै आएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तीव्र कटाक्ष गरेका छन् । वर्षौं लगाएर गरिएको कामलाई आफूले चमत्कार गरेझैं प्रचण्डले ब्याख्या गर्न खोजेको उनको टिप्पणी छ ।
आज एक पुस्तक विमोचन कार्यक्रममा ओलीले विगतमा हितेन्द्रलाई हटाएर कुलमानलाई ल्याइएको प्रसंग पनि कोट्याए ।
उनले प्रचण्डलाई ईंगित गर्दै भने, ‘एकजना मित्रको स्टटास देख्या थिएँ । त्यहाँबाट अवकाशप्राप्त भइसक्या मान्छेलाई, त्यहीँबाट हुर्किएर आएर त्यहीँ… कुनै बाहिरबाट खोजेर ल्याएको होइन… त्यहीँको मान्छेलाई, त्यहीँको क्याडरलाई नियुक्ती दिएको हो । त्यस्तो मान्छे उहाँले निस्काशन गर्नुभयो वा सरुवा भनेर अर्को ठाउँमा निकम्मा बनाएर राखिदिनुभयो, जहाँ उसको कार्यक्षेत्र होइन । अनि रिटायर्ड मान्छेलाई फेरि ल्याएर राख्नुभयो ।’
ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको महाकाव्य ‘प्रमिथस’ को प्रसंग निकाल्दै प्रचण्ड प्रमिथस बन्न खोजेको आरोप लगाए ।
उनले थपे, ‘उबेला पृथ्वीमा अन्धकार थियो, स्वर्ग उज्यालो थियो । पृथ्वीका मान्छेहरुलाई पनि उज्यालो चाहिन्छ भनेर देवताका भाइहरुमध्ये सबैभन्दा कान्छा प्रमिथसले आगो चोरेर पृथ्वीमा ल्याए । त्यसवापत उनलाई हजार वर्ष ढुंगाको चेपमा कैद गरेर राखिएको थियो । ती मित्रले (प्रचण्ड) त्यस्तै गरेर ब्याख्या गर्नुभएछ । उहाँले प्रमिथसले जस्तै उज्यालो ल्याउनुभो । अघिल्लो चार वर्षको कार्यकाल पुरै उहाँले त्यहीँ काम गरेर पूरा गर्नुभएको थियो, त्यसबेला ल्याउनुभएको थियो कि, उहाँले नियुक्ती गर्नेवित्तिकै आगो बोकेर, बिजुली बोकेर, चिम बोकेर, के बाकेर आउनुभयो ? बर्षौं लगाएर जे काम गरिएको हुन्छ, त्यसलाई चमत्कारको रुपमा, जादुको रुपमा व्याख्या गर्न खोजियो । कोही पनि साथीहरुलाई यस्ता कुराको भ्रममा नपर्न आग्रह गर्छु ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रचण्ड प्रमिथस बन्न खोजेको आरोप लगाउँदै ओलीको प्रश्न- आगो बोकेर आउनुभयो कि चिम ?
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्