दुर्गा प्रसाईंको आन्दोलनको स्वामित्व नवराज सुवेदीले लिए, १५ गतेको प्रदर्शन सफल पार्न आह्वान
काठमाडौं । राजसंस्था पुनःस्थापनाको मागसहित व्यवसायी दुर्गा प्रसाईंले यही चैत १५ गते आह्वान गरेको जनप्रदर्शनलाई नवराज सुवेदीले साथ दिने भएका छन् । उनले नेतृत्व गरेको राजसंस्था पुनःस्थापनाका लागि संयुक्त समितिले उक्त प्रदर्शनको स्वामित्व लिएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै सुवेदीले १५ गतेको जनप्रदर्शन सफल पार्न सबैसँग आह्वान गरेका छन् । अब उप्रान्त राजसंस्था पुनःस्थापनाका लागि हुने खासगरी राजधानी केन्द्रित सबै प्रदर्शन तथा आन्दोलनहरुमा संयुक्त जनआन्दोलन समितिको पूर्ण साथ, सहयोग र समर्थन रहने विज्ञप्तिमा जनाइएको छ ।
‘आउँदो शुक्रबार राजधानीमा हुन लागेको विशाल जनप्रदर्शनमा देशका सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी तथा संघीयताविरोधी आम सर्वसाधारण राजनीतिक पार्टी र समूहहरुलाई साथ, सहयोग र समर्थन गर्न म हार्दिक अपील गर्छु । देश बचाउने र बनाउने हो भने हामीसँग अब अर्को विकल्प छैन’, उनले विज्ञप्तिमा भनेका छन् ।
माओवादीको नेतृत्वमा चैत १५ गते गणतन्त्रवादीहरुको शक्ति प्रदर्शन गर्ने घोषणा गरिएको छ । त्यसलाई काउन्टर दिन दुर्गा प्रसाईंले सोही दिन प्रदर्शन गर्ने तयारी गरेका हुन् । एकै दिन दुईथरि प्रदर्शन हुने भएपछि टकरावको खतरा उत्पन्न भएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #१५ गतेको प्रदर्शन सफल पार्न आह्वान, #breaking, #दुर्गा प्रसाईंको आन्दोलनको स्वामित्व नवराज सुवेदीले लिए
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्