कुलमान हटाउने सरकारको निर्णयविरुद्ध माओवादीका जनसंगठनहरुले प्रदर्शन गर्दै
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध नेकपा माओवादी केन्द्र आबद्ध भातृ संगठनहरु आन्दोलनमा उत्रिने भएका छन् ।
कुलमान हटाउने निर्णविरुद्ध आजै दिउँसो साढे ३ बजे नयाँ बानेश्वरमा माओवादीका जनवर्गीय संगठन र मोर्चाहरुको संयुक्त विरोध प्रदर्शन गर्न लागिएको वाइसिएल इन्चार्ज तथा युवा नेता रामप्रसाद सापकोटा दिपशिखाले भनेका छन्
दिउँसो नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडि प्रदर्शन र कोणसभामा सहभागी हुन उनले कार्यकर्तालाई आह्वान गरेका छन् ।
कुलमान हटाएर बिचौलियाको सेवा गरेको भन्दै सरकारविरुद्ध चरणबद्ध संघर्ष गरिने र जनताको समर्थन खोजिने उनले बताए । यसअघि आजै विहान नेकपा एसनिकट युवा विद्यार्थीले पनि सरकारविरुद्ध प्रदर्शन गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कुलमान हटाउने सरकारको निर्णयविरुद्ध माओवादीका जनसंगठनहरुले प्रदर्शन गर्दै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्