बसपार्क पुलदेखि उत्तरतर्फको नदी करिडोरमा पार्क तथा उद्यान निर्माण हुँदै, व्यवसायीहरूलाई जग्गा खाली गर्न नगरपालिकाको सूचना
मैजुहिटी, काठमाडौँ । टोखा नगरपालिका, मैजुहिटी काठमाडौंले सार्वजनिक जग्गा खाली गर्न सूचना जारी गरेको छ। सार्वजनिक सूचनाअनुसार टोखा नगरपालिका वडा नम्बर ९ अन्तर्गत नयाँ बसपार्क पुलदेखि उत्तरतर्फ पर्ने नदी करिडोर क्षेत्र खाली गरिनुपर्नेछ।
नगरपालिकाले उक्त क्षेत्रमा पार्क तथा उद्यान निर्माणका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट बजेट व्यवस्थापन भइसकेको जनाएको छ। यसै अनुसार, टोखा नगरपालिकाले शिलान्यास कार्य समेत सम्पन्न गरिसकेको छ।
सो क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेका तथा गोदाम राखेका व्यक्तिहरूलाई चैत १० गतेको मितिबाट एक हप्ताभित्र उक्त स्थान खाली गर्न आग्रह गरिएको छ। नगरपालिकाले तोकिएको मितिसम्म स्थान खाली नगरे कानुनी कारबाही हुने चेतावनी समेत दिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बसपार्क पुलदेखि उत्तरतर्फको नदी करिडोरमा पार्क तथा उद्यान निर्माण हुँदै, #व्यवसायीहरूलाई जग्गा खाली गर्न नगरपालिकाको सूचना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्