एरिकालाई ‘हिमालयन वारियर’ उपनाम
काठमाडौँ, चैत ११ गते । १९औँ एसियाली खेलकुद (एसियाड) मा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन सफल कराते खेलाडी एरिका गुरुङलाई नेपाल कराते महासङ्घले ‘हिमालयन वारियर’ उपनामले सम्मान गर्ने भएको छ ।
कराते महासङ्घको वार्षिक साधारणसभाले एरिकालाई उक्त सम्मान गर्ने निर्णय गरेको हो । सन् २०२३ मा चीनमा भएको एसियाली खेलकुदमा एरिकाले नेपाललाई रजत पदक दिलाउनुभएको थियो ।
नेपालले एसियाली खेलकुदमा २५ वर्षपछि रजत जितेको थियो भने करातेले पहिलो पटक रजत जितेको थियो । एरिका एसियाड र एसिएन च्याम्पियनुिपमा समेत रजत जित्ने एक्लो महिला खेलाडी हुनुहुन्छ । उहाँले सन् २०२४ को एसिएन कराते च्याम्पियनसिपमा पनि रजत जित्नुभएको थियो ।
महासङ्घको साधारण सभाले विश्व कराते महासङ्घको निर्देशनअनुसार नेपाल कराते महासङ्घघको विधानमा आवश्यक संशोधन गर्ने, प्रशासनिक, व्यवस्थापन सम्बन्धी नियमावली, कार्यविधि तथा निर्देशिका २०८१ अनुमोदन गर्ने निर्णय गरेको छ ।
यस्तै साधारणसभाले राष्ट्रिय टिम तयारीका लागि प्रमुख प्रशिक्षक र टिम म्यानेजर सम्बन्धी कार्यविधि, महासचिव र कोषाध्यक्षको प्रतिवेदन, राष्ट्रिय कराते एकेडेमी को कार्यविधि, प्रतियोगिता व्यवस्थापन कार्यविधि पारित गर्ने निर्णय गरेको छ । महासङ्घमा रिक्त पदाधिकारी मनोनयन गर्ने अधिकार अध्यक्ष युवराज लामालाई दिने निर्णय पनि गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #एरिकालाई ‘हिमालयन वारियर’ उपनाम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्