राताम्य पहरा, वसन्त बहार (फोटो फिचर)
दुल्लु, चैत ११ गते । दैलेख मध्पहाडी जिल्ला हो । दैलेखका आधिकांश पहाडी थुम्काहरु यतिबेला राताम्य भएका छन् ।

वसन्त यामसँगै फेरिने पालुवाहरुले मात्र हैन राष्ट्रकै गरीमा समेत रहेको थरीथरीका लालीगुराँसका फुलहरुले पहराहरुलाई समेत सिन्दुरे बनाइदिएको छ । अक्करे कालो पत्थरिलो भिरमा समेत बान्की दिँदै फुलेको लालीगुराँसले मानौ निर्जन भित्ताहरुमा प्राण भरिदिएको छ ।

१२ देखि १५ थरिका गुराँसहरु दैलेखमा फुल्ने गरेको पाइन्छ । यद्यपी कुनै ठोस अध्ययन हुन सकेको छैन । दैलेखको गुराँस गाउँपालिकाको गुराँसे, रानिमत्ता, मालिका, गोरुजुरे लगायत दर्जनौ चुली रताम्मे छन् ।

भगवतीमाई गाउँपालिकास्थित कट्टी दराका सबै लेकाली चुचुरोहरु, दैलेख र जाजरकोट जिल्लाको सिमाना समेत बनेको सुयडा लगायत लेकाली खोरीयानहरु सबै राताम्मे र मनोरम बनेका छन् । डुङ्गेश्वर, भैरवी, ठाँटीकाध, भैरवी गाउँपालिकाका सबै लेकाली पाटनहरु । नारायण, दुल्लु, चामुण्डा बिन्दाशैनी र आठबिस नगरपालिकाका सबै लेकाली बस्तीहरु गुराँसले ढकमक्क छन् ।

तर पछिल्लो समय पहाडी खोरीयानहरुमा समेत गरिने सडक विस्तार, अतियन्त्रित फडानी, डढेलो लगायतको कारण गुराँसमा सङ्कट चुलिँदो छ ।


क्याटेगोरी : समाचार
ट्याग : #राताम्य पहरा, #वसन्त बहार (फोटो फिचर)
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्