प्रकाशमान सिंहलाई बालेनको सुझाव- गणेशमान सिंह र कांग्रेसको इतिहास माटोमा नमिसाउनुहोला
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहप्रति असन्तुष्टि पोखेका छन् । पिता गणेशमान सिंह, पीएल सिंह र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउन उनको सुझाव छ ।
आज फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले यस्तो सुझाव दिएका हुन् । काठमाडौंका अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बाल मन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुराहरु सधैँ कुरामै सीमित रहेको आरोप पनि उनले लगाएका छन् ।
‘मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र र देश चाहिँ नहराउनुहोला, यत्रो गणेशमान सिंह, पीएल सिंह र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला’, बालेनले लेखेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रकाशमान सिंहलाई बालेनको सुझाव- गणेशमान सिंह र कांग्रेसको इतिहास माटोमा नमिसाउनुहोला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्