प्रेस चौतारीको १० औं केन्द्रीय महाधिवेशन विराटनगरमा सुरु
विराटनगर । प्रेस चौतारी नेपालको १० औं केन्द्रीय महाधिवेशन विराटनगरमा सुरु भएको छ ।
संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको अध्यक्षता तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सुरु भएको अधिवेशनमा देश भरीका प्रेस चौतारी आबद्ध पत्रकारहरू भेला भएका छन् ।
अधिवेशनमा देशभरका झण्डै एक हजार पत्रकार जम्मा भएका प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हीरामान लामाले जानकारी दिए ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, नेकपा एमालेका केन्द्रीय नेताहरू, पत्रकारहरूका विभिन्न पेसागत संगठनका नेताहरू लगायतको सहभागिता रहेको छ ।
कार्यक्रममा प्रेस चौतारी नेपालले प्रकाशन गरेको स्माररिका विमोचन गरिएको छ । प्रेस चौतारी नेपालले प्रदान गरेकाे विभिन्न पुरस्कार पनि कार्यक्रममा प्रदान गरिएकाे छ । मंगलबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रेस चौतारीको १० औं केन्द्रीय महाधिवेशन विराटनगरमा सुरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्