भ्रष्टाचारमा दोषी ठहरिएका जिल्ला सभापतिलाई बर्खास्तको माग गर्दै सानेपामा प्रदर्शन
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय अगाडि नेपाली कांग्रेस सर्लाहीले प्रदर्शन गरेको छ ।
सर्वोच्च अदालतबाट भ्रष्टाचारमा दोषी प्रमाणित भएको नेपाली कांग्रेस सर्लाही जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहलाई संरक्षण गरेको भन्दै जिल्लाका उपसभापति,क्षेत्रीय सभापति लगायतका पदाधिकारीहरुले प्रदर्शन गरेका हुन् ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नुअघि उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । उनीसहितको टोलीले सभापति शेरबहादुर देउवालाई निवेदन लेखेर सभापतिबाट बर्खास्त गर्न माग गरेका छन् । उनीहरुले दुई बुँदे माग समेत राखेका छन् ।
सर्वोच्च अदालतले भ्रष्टाचारमा दोषी प्रमाणित गरि सजाय तोकेका नेपाली का्रग्रेस सर्लाहीका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहलाई नेपाली कांग्रेसको नवौ संसोधित विधान २०७५ को परिच्छेद २ को दफा १३ को (ङ)ं र राजनीतिक दल सम्वन्धि ऐन २०७३ को परिच्छेद ३को(ख) बमोजिक बरखास्त गर्नुपर्ने माग छ ।
त्यस्तै कांग्रेसको विधान वमोजिम सिंहलाई कांग्रेस सर्लाही जिल्ला सभापति पदबाट बरखास्त गरि तत्काल विधान बमोजिक सभापतिको चयन गर्न समेत माग राखेका छन् । उनीहरुले शुक्रबारदेखि पार्टी कार्यालयमा धर्ना बसेका छन् । आज कार्यसम्पादन समितिको बैठक १ बजेदेखि बस्दैछ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भ्रष्टाचारमा दोषी ठहरिएका जिल्ला सभापतिलाई बर्खास्तको माग गर्दै सानेपामा प्रदर्शन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्