पक्राउ परेका गाउँपालिका अध्यक्षको छोराको धम्कीले पीडित डोम परिवार विस्थापित
जनकपुरधाम । सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव पक्राउ परेपछि उनका छोराले धाकधम्की दिएपछि पीडित दिपक मल्लिकको परिवार विस्थापित भएका छन् ।
महायज्ञ गर्ने नाममा अछुत भन्दै डोम समुदायका दिपकको घरमा डोजर लगाएर उठिबास गराएको घटनामा शुक्रवार साँझ सिरहा प्रहरीले गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका नेता दिलिप यादवलाई नियन्त्रणमा लिएको थियाे ।
गाउँपालिका अध्यक्ष यादव पक्राउ परेपछि उनका छोरा रुकेश यादवले केही महिलाहरुलाई लिएर दिपक बसोबास गर्ने स्थलमा पुगेर धम्की दिएको थियो । उनको धम्कीका कारण दिपकको परिवार विस्थापित भएका छन् ।
दिपक शुक्रवार राति औरही गाउँपालिका ४ स्थित दलित आयोगका पूर्व सदस्य कवुली पासवानको घरमा शरण लिन पुगे । अहिले पनि उनी पासवानकै घरमा छन् ।
पीडित दिपकले नेपालप्रेसँग भने, ‘राति मेयरका छोरा रुकेश केहि महिलालाई लिएर आएका थिए । उनीहरुले धाकधम्की दिँदै मेरो श्रीमतीलाई सिरहा हिँड भन्न थाले । त्यसपछि श्रीमतीलाई सन्हैठा पठाइदिए । म यहाँ (कवुली पासवान)को घर आए । अनि बच्चाहरु रातभर प्रहरी चौकीमा बस्यो ।’
उनले आफ्नो परिवार असुरक्षित बनेको भन्दै सुरक्षाको माग समेत गरेका छन् ।
गाउँपालिका अध्यक्ष पक्राउ परेको विरोधमा उनका समर्थकहरुले राति नै सिरहा सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय पुगेर प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा ढुङ्गामुडा गरेपछि उनीहरुमाथि प्रहरीले लाठीचार्ज गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पक्राउ परेका गाउँपालिका अध्यक्षको छोराको धम्कीले पीडित डोम परिवार विस्थापित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्