तारकेश्वर नेपालटारमा सिसिटिभी, ट्राफिक लाइट र कालोपत्रे सडकले बढायो सौन्दर्यता
तारकेश्वर, काठमाडौं । तारकेश्वर नगरपालिका अन्तर्गत नेपालटार क्षेत्रमा पूर्वाधार सुधारको काम भएको छ। नेपालटार-डाँडागाउँ सडकको कालोपत्रे भएसँगै, सुरक्षा र सवारी व्यवस्थापनलाई सहज बनाउन प्रविधिहरू राखिएका छन्।
नगरपालिकाको बजेटमा नेपालटार चोक तथा मुख्य नाकामा अटो डिटेक्टिभ सिसी क्यामेरा र सडक बत्ती जडान गरिएको छ। नगरपालिकाका पूर्वाधार शाखा प्रमुख उज्ज्वल न्यौपानेका अनुसार, नेपालटार चोकमा ट्राफिक लाइट राखिएको छ । गेट र चोकमा अटो डिटेक्टिभ सिसी क्यामेरा मेसिन जडान गरिएको छ जसको अब्जर्भेसन नगरपालिका र ट्राफिक प्रहरीले गर्नेछन्।
नगरप्रमुख कृष्णहरि महर्जनले तारकेश्वरलाई सुरक्षित र व्यवस्थित बनाउन सिसी क्यामेरा, सडक बत्ती तथा ट्राफिक लाइट जडान गर्न बजेट व्यवस्था गरिएको बताए। तारकेश्वर प्रवेशद्वारमा मौलिकता झल्काउने गेट निर्माण कार्य पूरा भएको छ।
नेपालटार डाँडागाउँ सडकको तीन स्थानमा सडक बत्ती जडान गरिएको छ । भूमिगत तारको व्यवस्थापन, नयाँ ढल प्रणाली र स्तरीय कालोपत्रे गरिएको सो सडक तारकेश्वरकै नमुना सडकको बनेको छ ।
यसबाट नगरको सौन्दर्यता बढेको छ भने र ट्राफिक व्यवस्थापनका साथै सुरक्षामा सहजता आउनेछ ।



क्याटेगोरी : समाचार
ट्याग : #ट्राफिक लाइट र कालोपत्रे सडकले बढायो सौन्दर्यता, #तारकेश्वर नेपालटारमा सिसिटिभी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्