ठमेलका ७० रिक्सा चालकहरुलाई युवा समाजसेवीको साथ , एक महिना पुग्ने खाध्य सामाग्री प्रदान
काठमाडौ । विश्वस्तरमा महामारी बनेको कोरोन भाइरस अर्थात कोभिड– १९ को गम्भीरतालाई हेर्दै संघीय सरकारले लगाएको लकडाउनका कारण अति गरिब, विपन्नलाई तथा मजदुरहरुलाई ठुलो मर्का परेको छ ।
दिनहु ज्यालादारी गरि आफ्नो पेट पाल्न मजदुर र निम्न वर्गका व्यक्तिहरु भोकमरीको चिन्ताले विलिन भएको अवस्थमा रहेका छन ।
काठमाडौका ठमेलमा पनि रिक्सा चालकहरुको अवस्था दहिनिय छ । पर्यटककीय बजार ठमेल बन्द भएपछि रिक्सा मजदुर सबैभन्दा बढी पिडामा छन ।
लकडाउनले आम्दानीको बाटो बन्द भएपछि रिक्सा चालक भोकभोकै रात कटाएका खबर आएका छन् । पसलेले उधारोमा खाद्यान्न नदिएपछि केहि रिक्सा ग्यारेजमा भोकै सुतेका छन् ।
दिनभरि महिनेत गरेर आफ्नो परिवार पाल्ने मजदुर, रिक्सा चालक, खलासीलगयात निम्न वर्गका व्यक्ति कोरोनाले दोहोरो मारमा परेपछि केहि मनकारी ब्यक्तीहरुले ठमेलका करिव ७० परिवारलाइराहात दिएका छन ।

युवा ब्यवसायी तथा समाजसेवी राजु गुरुङ्ग ,कर्मा ग्यालपो , कर्मा यसी , श्याम तामाङ्ग , पर्यटन ब्यवसायी बिश्व पुरी , रुपेश गुरुङ्ग लगायतका ब्यक्तीहरुले राहात प्रदान गरेका हुन ।
राहात बितरणका अगुवाई समाजसेवी तथा जम्वला एक्सपोर्ट तथा इम्पोटका अध्यक्ष राजु गुरुङ्ग ,र अमेरिका बाट मास्टर जिङ्गहोङ्गले (Master Xianzhong) गरेका हुन भने बितरणको सहकार्य ठमेल पर्यटन बिकाश परिषदले गरेको हो ।
दिनहु ज्यालादारी रिक्सा मजदुहरुलाई रिक्सा युनियनको सहकार्यमा १ बोरा बास्मती चामल , दाल , १ लिटर तेल लगायतको खाध्य सामाग्री प्रदान गरिएको हो ।

कोरोना संक्रमणको त्राससँगै काठमाडौंमा ज्यान कसरी पाल्ने भन्ने चिन्तामा छन् । ठमेलमा झण्डै डेढ सय रिक्सा चालक अलपत्र परेका छन् । बजारमा रिक्सा लिएर निस्किन नपाएकाले ग्यारेजमै रिक्सा थन्क्याएर बसेका रिक्सा चालकसँगग बिहान बेलुकी खाना खाने पैसा पनि सकिएको छ ।
भिडियो हेर्नुहोस
https://www.facebook.com/sajhapana/videos/261122481725369/
क्याटेगोरी : समाचार
ट्याग : #खाध्य सामाग्री प्रदान, #ठमेलका ७० रिक्सा चालक, #राजु गुरुङ्ग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्