नेपाल प्रहरीमा १० डीआईजी बढुवा हुँदै, २२ जना एसएसपी छन् दाबेदार
काठमाडौं । नेपाल प्रहरीमा रिक्त ६ एआईजीको बढुवालगत्तै हुने डीआईजी बढुवाका निम्ति एसएसपीहरुको दौडधुप शुरू भएको छ ।
चैत ४ मा तत्कालीन आईजी वसन्तबहादुर कुँवरसहित अवकाश हुने क्रममा रिक्त रहेको ६ एआईजीमा त्यति नै संख्याका डीआईजी बढुवा हुँदा रिक्त डीआईजीको पद १० हुन्छ । त्यसमध्ये ४ पद अहिल्यै रिक्त छ ।
१० डीआईजीको पद रिक्त हुँदा त्यसका निम्ति योग्यता पुग्नेको संख्या २१ र प्रतिस्पर्धी पनि त्यति नै छन् । २०७९ असार २५ मा एसएसपी बढुवा हुने ६ जना र २०८० वैशाख २४ का १५ जनामध्येबाट १० जनाको छनौट हुनुपर्ने हो । त्यसमध्ये २०७९ मा एसएसपी भएकामध्ये प्रायः डीआईजी भइसकेका छन्, केही अवकाश भए । ६ जना डीआईजी हुने वरीयतामा अगाडि छन् ।
राष्ट्रिय अनुसन्धान विभाग (राअ) बाट सेवा परिवर्तन गरी प्रहरी सेवामा प्रवेश गरेकामध्ये बुटवल तालिम केन्द्रमा कार्यरत माधवप्रसाद श्रेष्ठ, अख्तियारका ओमबहादुर रानासहित सुरेन्द्रबहादुर गुरुङ र विमल बस्नेत डीआईजीका दाबेदार हुन् । भर्ना मिति २०५४ चैत १८ भएको नेपाल प्रहरीको १११ टोलीका सुदर्शनप्रसाद कोइराला र दिपक रेग्मी बढुवायोग्य छन् ।
यद्यपि, जब जब बढुवाको क्रम शुरु हुन्छ, तब तब नेपाल प्रहरीमा राअको विवाद झिक्ने गरिन्छ । १११ टोलीले राअको टोलीलाई छेक्न अनेकन प्रपञ्च रच्ने गरेको आरोप लाग्दै आएको छ । राअको टोली भने २०५६ पुस ५ गते अधिकृत दर्जामा भर्ना भएका थिए ।
डीआइजी बढुवाका लागि योग्यता पुगेको अर्को टोली हो, २०८० वैशाख २४ का १५ जना एसएसपी । तत्कालीन बढुवाक्रमको वरीयताका आधारमा विश्व अधिकारी पहिलो नम्बरमा छन् । सोही बढुवाको वरियताको दोस्रोदेखि ९ नम्बरका अधिकृत हुन्, भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अभिनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दीपसमशेर जबरा ।
उक्त बढुवामा एसएसपी भएका गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कष्णबहादुर पल्ली मगर, तारादेवी थापा र प्रज्वल महर्जन पनि डीआईजी बन्ने योग्यताका अधिकृत हुन् । तर, रिक्त संख्या कम हुँदा उनीहरुको सम्भावना कम देखिन्छ ।
यसमध्ये हाल जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रमुख रहेका अधिकारी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड प्रमुख राठौरको शुरू भर्ना २०५५ कात्तिक १ हो, बाँकी सबै २०५६ असार ३ भर्ना मिति भएका हुन् ।
यही टोलीको, तर एसएसपी बढुवाको दोस्रो सूचीका वसन्त रजौरे पनि डीआईजी बढुवाका निम्ति दौडधुपमै छन् । उनी २०८० कात्तिक २४ मा एसएसपी बढुवा भएका हुन् । उनीसँगै बढुवा हुने सबै एसएसपी अवकाश भइसके ।
क्याटेगोरी : समाचार
ट्याग : #२२ जना एसएसपी छन् दाबेदार, #breaking, #नेपाल प्रहरीमा १० डीआईजी बढुवा हुँदै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्