नुवाकोटमा पासाङल्हामु यातायातको बसले किचेर एक महिलाको मृत्यु
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका–१ छापडाँडामा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा तारकेश्वर गाउँपालिका–१ की ३६ वर्षीया मञ्जुमाया तामाङ रहेकी छन्।
बुधवार दिउँसो करिब ५ बजे काठमाडौंबाट लर्केपतर्फ गइरहेको नमस्ते पासाङ ल्हामु यातायात प्रालिको बा २ ख ६८०४ नम्बरको बसले उनलाई किचेको स्थानीयले बताएका छन्।
बसबाट ओर्लिएर सहचालकलाई पैसा तिर्दै गरेका श्रीमानलाई पर्खिरहेकी तामाङलाई बसको पछाडिको पाङ्ग्राले किचेको थियो। दुर्घटनापछि उनको खुट्टादेखि ढाडसम्म गम्भीर चोट लागेको थियो, जसकारण उपचारका लागि लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भयो।
मृतकको शव त्रिशूली अस्पतालमा राखिएको छ भने आफन्तहरूले दोषीलाई कारबाहीको माग गर्दै पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने बताएका छन्।
यस विषयमा पीडित परिवार, प्रशासन र बस समितिका पदाधिकारीबीच छलफल भइरहेको छ। यस्तै, प्रहरीले बसका चालक मित्रबहादुर तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #नुवाकोटमा पासाङल्हामु यातायातको बसले किचेर एक महिलाको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्