भाटभटेनीको समान बोकेको गाडीमा अवैध विद्युतीय चुरोट
चौतारा, चैत ७ गते । भाटभटेनी सुपर मार्केटको सामान ल्याइएको डिब्बामा भन्सार जाँच पास नगराई अवैध रूपमा विद्युतीय सिगरेट फेला परेको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेले मङ्गलवार राती ७ सय ४० थान विद्युतीय सिगरेट बरामद गरेको हो ।
प्रहरी चेकपोस्ट खुर्सानीवारिमा मङ्गलवार राती खटिएको टोलीले सवारी साधनको चेक जाँच गर्ने क्रममा तातोपानी भन्सारबाट भाटभटेनीको सामान बोकी काठमाडौँतर्फ जाँदै गरेको मालवाहक डिब्बामा विद्युतीय सिगरेट ‘भेप’ बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । ना.६ ख ५४९६ नंम्वरको डिब्बा गाडीबाट ९३ डब्बा सामाग्री बरामद भएको छ । ९३ डब्बामा ७ सय ४० वटा विद्युतीय सिगरेट फेला परेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुमेह पाण्डेले जानकारी दिनुभयो ।
बरामद भएको सामाग्रीको अन्दाजी मूल्य २२ लाख २० हजार रहेको छ । बरामद भएका सामाग्री सहित चालक भोटेकोसी गाउँपालिका वडा नंम्वर २ का प्रवीण खत्री र डिब्बा गाडी नियन्त्रणमा लिइ राजस्व कार्यालय हरिहर भवनमा पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भाटभटेनीको समान बोकेको गाडीमा अवैध विद्युतीय चुरोट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्