‘साँगादेखि धुलिखेल सडकको व्यथा- एसईई दिन हिँडेका विद्यार्थी स्कूल पुग्दा आँखा नदेख्ने हुन्छन्’
काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले साँगादेखि धुलिखेलसम्मको बाटोमा धुलो उडेर एसईई दिन हिँडेका विद्यार्थीको स्कुल पुग्दा आँखा नदेख्ने अवस्था हुने अवस्थामा रहेको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले निर्माणाधीन बाटोमा दुई पटक पानी हाल्न सरकारसँग माग गरे।
उनको भनाइ जस्ताको त्यस्तै,
आजदेखि एसईई परीक्षा सुरु भएको छ। तर सरकारले केही काम गरिरहेरै एउटा समस्या भएको छ। कामभित्रको समस्या, अहिले विद्यार्थीहरूलाई कोरीबाटी गरेर स्कुल पठाउने कुरा हुन्छ। तर साँगादेखि धुलिखेलसम्म २४ सै घण्टा धुलो उड्छ।
र एसइई दिन हिँडेका विद्यार्थीको स्कुल पुग्दा आँखा नदेख्ने अवस्था हुन्छ र उसले जाँच कसरी दिन्छ। सरकारले निर्माणाधीन बाटोमा दुई पटक पानी हाल्ने काम गरोस्, गाडी दुर्घटना पनि बढिरहेको छ, सरकारले सुनेको छैन। बाइक लडिरहेको छ। तर सडक विभाग हेरिरहेको मात्रै छ।
क्याटेगोरी : समाचार
ट्याग : #‘साँगादेखि धुलिखेल सडकको व्यथा- एसईई दिन हिँडेका विद्यार्थी स्कूल पुग्दा आँखा नदेख्ने हुन्छन्’, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्