हात्तीसार क्याम्पसमा स्वतन्त्रले जिते सभापति, सुनसरीका ५ मध्ये ४ वटामा नेविसंघले मार्यो बाजी
विराटनगर । सुनसरीका विभिन्न ५ वटा क्याम्पसमा भएको स्ववियू चुनावमा ४ वटामा नेपाल विद्यार्थी संघले सभापति जितेको छ । सुनसरीका केही क्याम्पसहरूमा भने विवादका कारण निर्वाचन हुन सकेन ।
सुनसरीको केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा भने स्वतन्त्र उम्मेदवार पेशलराज कार्कीले सभापति जितेका छन् । उनलाई अनेरास्ववियू क्रान्तिकारीको समर्थन थियो ।
जिल्लाको सबैभन्दा ठूलो क्याम्पस धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघका प्रशान राई विजयी भए । यहाँ नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानल थियो ।
यसैगरी पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा क्याम्पसमा नेविसंघका सभापति सागर बस्याल विजयी भएका छन् । इनरुवाको सुनसरी बहुमुखी क्याम्पसमा पनि नेविसंघका सुनिलकुमार मण्डल सभापतिमा विजयी भएका छन् । बराहक्षेत्र नगरपालिका चक्रघट्टीको सप्तकोशी बहुमुखी क्याम्पसमा नेविसंघका विज्ञान सावा लिम्बू विजयी भए ।
निर्वाचन भएका कुनै पनि क्याम्पसमा अनेरास्ववियु र क्रान्तिकारीले सभापति जिताउन सकेनन् । सुनसरीको इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसमा भने विवादका कारण निर्वाचन हुन सकेको छैन । पिण्डेश्वर क्याम्पसमा भने अनेरास्ववियुका उम्मेदवार यसअघि नै सर्वसम्मत निर्वाचित भएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सुनसरीका ५ मध्ये ४ वटामा नेविसंघले मार्यो बाजी, #हात्तीसार क्याम्पसमा स्वतन्त्रले जिते सभापति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्