रुपन्देहीमा एक नक्कली परीक्षार्थी पक्राउ
काठमाडौँ, चैत ७ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले एसइई शान्त एवम् मर्यादित वातावरणमा सम्पन्न भएको बताउनुभएको छ ।
उहाँले गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै देशभरका दुई हजार ७९ परीक्षा केन्द्र तथा जापानमा भाइवरमार्फत भएको परीक्षा सहज वातावरणमा सम्पन्न भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशभर असाध्यै शान्त ढङ्गले परीक्षा सञ्चालन भयो । कहीँ पनि त्यस्तो समस्या भएन । खास गरी, मधेसमा पाँच, सात वटा अनुगमन टोली बनाएर असाध्यै मर्यादित रूपमा परीक्षा सञ्चालन भएको छ ।”
उहाँले रुपन्देहीमा एक नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । यसबाहेक कुनै पनि छुटफुट घटना नभएको तथा प्रश्न पत्र, प्रश्न र परीक्षार्थीका सम्बन्ध समस्या नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशको कुनै पनि भागमा प्रश्न पत्र, प्रश्न र परीक्षार्थीसम्बन्धी समस्या भएन अहिलेसम्म । रुपन्देहीमा एउटा नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । त्यसबाहेक छुटफुट घटना घटेको छैन ।”
उहाँका अनुसार प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयले प्रदेशमा र जिल्ला परीक्षा समन्वय समितिको निर्णयले जिल्ला भरी जुन किसिमको अनुगमन समिति बनेको छ त्यही अनुसार निर्बाध रूपले अनुगमन टोली परिचालन हुने नीति रहेको छ । जापानका लागि एम्बेसीबाट अनुगमन हुने उहाँको भनाइ छ ।
उहाँका अनुसार पाँच लाख १४ हजार ७१ विद्यार्थी एसइईमा सहभागी हुनुभएको छ । एसइई को पहिलो दिन बिहीबार अङ्ग्रेजी विषयको परीक्षा सम्पन्न भएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रुपन्देहीमा एक नक्कली परीक्षार्थी पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्