पद्मकन्यामा निर्वाचन : पत्रकारलाई प्रवेश निषेध, विद्यार्थीको कार्ड भोलि फिर्ता हुनेगरी जफत !
काठमाडौं । बागबजारमा रहेको पद्मकन्या क्याम्पसमा स्ववियू निर्वाचनको मतदान जारी रहेको छ ।
विवादका कारण आजका लागि तय भएको निर्वाचनमा शान्तिपूर्ण मतदान भइरहेको छ । तर पत्रकारहरुलाई प्रवेश निषेध गरिएको छ ।
यस्तै, विद्यार्थीहरुको परिचयपत्र पनि मतदान गरिसकेपछि प्रशासनले राखेको छ । उनीहरुलाई भोलिमात्रै परिचयपत्र फिर्ता दिइने बताइएको छ ।
निर्वाचन अधिकृत सैलेन्डु प्रकाश नेपाल फोन अफ गरेर बसेका छन् ।
पद्मकन्यामा नेविसंघको आधिकारिक उम्मेदवार पूर्णिमाया परियार र बागी उम्मेदवार भूपि ऐर छन् । परियार पार्टी सभापति शेरबहादुर देउवा पक्षकी र ऐर महामन्त्री गगन थापा पक्षकी हुन् ।
पद्मकन्याको स्ववियु निर्वाचनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरूले गठबन्धन गरेका छन् । सभापतिमा अनेरास्ववियुकी सुनिता घिमिरे छिन् । सचिवमा भने अखिल क्रान्तिकारीकी सदीक्षा पोखरेल र कोषाध्यक्षमा सुम्निमा राई छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पद्मकन्यामा निर्वाचन : पत्रकारलाई प्रवेश निषेध, #विद्यार्थीको कार्ड भोलि फिर्ता हुनेगरी जफत !
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्