देउवा, ओली र प्रचण्डलाई छोटे राजाको संज्ञा दिँदै बाबुरामले भने- छिमेकीले पनि सुँड घुसारेर उचाल्दैछन्
काठमाडौं । नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजावादीहरुको प्रदर्शनलाई कुनै महत्व दिन आवश्यक नभएको बताएका छन् ।
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको वकालत गर्दै माइतीघरमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै जनताले फ्याँकिसकेको राजतन्त्र फर्किन कुनै सम्भावना नरहेको बताए ।
उनले कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छोटे राजाको संज्ञा दिए ।
उनले भने, ‘तीनवटा टाउको अहिले देखिएका छन्, तिनीहरुले आफूलाई छोटे राजाको रुपमा पनि देखाउँछन् । संविधान जारी भएको ९ वर्षमा ११ वटा सरकार परिवर्तन भएका छन् । त्यो तीनवटा टाउकोले पालैपालो सरकार चलाइरहेका छन् । सरकारमा रहेसम्म सबै ठिक छ भनेर गफ दिन्छन् ।’
उनले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको भन्दै दुई छिमेकीले पनि सुँड घुसारेर कहिले कसलाई कहिले कसलाई उचालिरहेको टिप्पणी गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ओली र प्रचण्डलाई छोटे राजाको संज्ञा दिँदै बाबुरामले भने- छिमेकीले पनि सुँड घुसारेर उचाल्दैछन्, #देउवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्