दुर्गा प्रसाईंको दावी–टोखामा ट्रकबाट बरामद २५ करोड विदेशी रकम माओवादीको हो
काठमाडौं । राजा फर्काउने अभियानको नेतृत्व गरेर सडकमा आएका मेडिकल व्यसायी दुर्गा प्रसाईले साेमबार बेलुकी टोखाबाट बरामद भएको २५ करोडभन्दा बढीको विदेशी मुद्रा तस्करीमा माओवादीको संलग्नता रहेको दावी गरेका छन् ।
बुधवार पत्रकार सम्मेलन गर्दै प्रसाईले यस्तो रकम दिनहुँ तस्करी भइरहेको र यसमा ठूला नेताको संलग्नता रहेको दावी गरे । उनले पछिल्लोपटक समातिएको रकम माओवादीको भएको र माओवादीनिकट तिब्बतीले लगिरहेको बताए ।
आफूले नेपाललाई तस्करले सुन तस्करीको इपिसेन्टर बनाइरहेको र त्यसबाट भारतलाई क्षति भइरहेको जानकारी पटकपटक गराएको बताए । अवैधरुपमा चीनमा रकम जाने र त्यताबाट सुन भारत जाने गरेको उनको दावी छ ।
उनले चैत १५ गते राजा फर्काउनका लागि जनविद्रोह थालिने दावी गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दुर्गा प्रसाईंको दावी–टोखामा ट्रकबाट बरामद २५ करोड विदेशी रकम माओवादीको हो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्