स्ववियू निर्वाचन : यस्तो छ उपत्यकाका १३ क्याम्पसको नतिजा, कहाँ कसले जिते ?
काठमाडौं । काठमाडौं उपत्यकामा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएका मध्ये १३ वटा क्याम्पसहरूको आधिकारिक नतिजा आएको छ ।
परिणाम अनुसार अखिल क्रान्तिकारी ५ क्याम्पसमा जित निकाल्न सफल भएको छ ।
अखिलबाट बानेश्वर क्याम्पसमा भूमिराज अधिकारी, जप्रशासन क्याम्पसमा अनिकेत तिवारी, सानोठिमी क्याम्पसमा नन्द्रसिंह ठगुन्ना, काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीमा अपार पराजुली र जनकपुर इन्जिनियरिङ कलेज भक्तपुरमा प्रकाश पुडासैनी विजयी भएका छन् ।
यस्तै नेविसंघबाट थापाथली इन्जिनयरिङ क्याम्पसमा प्रल्हाद खड्का, महारजगन्ज नर्सिङ क्याम्पसमा विन्दु पोखरेल, आयुर्वेद क्याम्पसमा निशाान अर्याल र थापाथली इन्जिनियरिङ क्याम्पसमा प्रह्लाद खड्का विजयी भएका छन् ।
अनेरास्ववियुबाट नेपाल कमर्श क्याम्पसमा विशाल रोकाहा, महेन्द्ररत्न क्याम्पस ताहाचलमा ईश्वर थापा र ललितकला क्याम्पसमा आशिष पौडेल विजयी भएका छन् । त्यस्तै नेशनल ल कलेजमा अनेरास्ववियुले जितेको छ । पुल्चोक इन्जिनयरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवरा स्वयं श्रेष्ठ विजयी भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कहाँ कसले जिते ?, #स्ववियू निर्वाचन : यस्तो छ उपत्यकाका १३ क्याम्पसको नतिजा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्