सार्वजनिक जग्गा संरक्षण गर्न रास्वपा तारकेश्वरले ध्यानाकर्षण–पत्र बुझायो
तारकेश्वर नगरपालिका वडा नं. ९ को मचागाः लगायतका नगरभित्रका सम्पूर्ण सार्वजनिक जग्गा संरक्षण गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगर समितिले तारकेश्वर नगर उपप्रमुख मार्फत् नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ ।
रास्वपा तारकेश्वर नगर सभापति बिनोद चापागाईले आज तारकेश्वर नगरपालिका वडा नं. ९ को लोकतान्त्रिक चोकसँगै रहेको सार्वजनिक जग्गाको विषयमा स्थानीय जनसमुदाय, जनप्रतिनिधि, संघीय संसद् तथा विभिन्न संचार माध्यममा उठेको गम्भीर आवाजमा राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगर समितिको ध्यानाकर्षण भएको पत्रमा उल्लेख गरिएको छ ।
सो पत्रको बोधार्थ तारकेश्वर वडा नं. ९ कार्यालयलाई प्रदान गरिएको छ ।
ज्ञापन पत्रमा उल्लेख गरिएको पत्रानुसार– स्थानीय सरकार तथा नगर प्रमुखको मुख्य दायित्व भनेकै स्थानीय सार्वजनिक सम्पत्ति संरक्षण हुनुपर्नेमा नगर प्रमुखका वर्तमान गतिविधीले आम नगरबासीहरूमा सार्वजनिक सम्पत्ति संरक्षणमा मात्र नभई सुशासनप्रति समेत गम्भीर प्रश्न आशंका उत्पन्न गराएको छ ।
अतः सम्बन्धित विषयमा सम्बन्धित सरोकारवालाको उपस्थितिमा सत्यतथ्य छानविन गरी कसुरको सार्वजनिक गरी, संलग्नलाई कानुन बमोजिमको कारवाही गर्न तारकेश्वर नगरभित्र भएका सबै किसिमका सार्वजनिक सम्पत्तिको संरक्षणको सन्दर्भमा नगरबासीलाई आस्वस्त हुने वातावरण निर्माणका लागि यो ध्यानाकर्षण गराईएको व्यहोरा अनुरोध छ ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सार्वजनिक जग्गा संरक्षण गर्न रास्वपा तारकेश्वरले ध्यानाकर्षण–पत्र बुझायो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्