टोखाको झोरबाट पक्राउ परेका लामा २५ करोड बराबरको विदेशी मुद्रा बोकेर जाँदै थिए केरुङ
५ चैत, काठमाडौं । काठमाडौंको टोखा नगरपालिकास्थित झोर क्षेत्रबाट २५ करोड रुपैयाँ बराबरको यूरो र अमेरिकी डलरसहित एक व्यक्ति पक्राउ परेका छन्। प्रारम्भिक अनुसन्धान अनुसार, उनी रसुवाको केरुङतर्फ उक्त रकम लैजाँदै थिए।
सोमबार राति ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर रकम लैजाँदै गर्दा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामालाई पक्राउ गरेको हो। लामाले चालक सिट पछाडि फल्स बटम बनाएर रकम लुकाएको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
पक्राउ परेका लामालाई मंगलबार दिउँसो प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्यो।
पहिले पनि सुन तस्करीमा पक्राउ
प्रहरीका अनुसार, लामा यसअघि पनि सुन तस्करी प्रकरणमा पक्राउ परेका थिए। सन् २०७८ मा ७ किलो सुनसहित कलंकीबाट पक्राउ परेका उनी पछि रिहा भएका थिए।
उनलाई रसुवाबाट गल्छी हुँदै काठमाडौं आइरहेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीबाट प्रहरीले ७ किलो सुनसहित पक्राउ गरेको थियो।
प्रहरीले लामाविरुद्ध थप अनुसन्धान अघि बढाएको जनाएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखाको झोरबाट पक्राउ परेका लामा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्