रास्वपा सांसद डा. तोसिमा कार्कीको पक्षमा सर्वाेच्चद्वारा रिट जारी, योग्यतामाथिको प्रश्न खारेज
काठमाडौं । सर्वाेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले २ वर्षअघि दायर गरेको रिटको अन्तिम सुनुवाई गर्दै उनी सांसद उम्मेदवार बन्न योग्य रहेको ठहर गरेको छ ।
न्यायाधीश डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले मंगलवार उनको पक्षमा रिट जारी गरेको हो ।
यो फैसलासँगै तोसिमाको सांसद पदमाथि उठेको कानूनी प्रश्नको निवारण भएको छ ।
२०७९ साल मंसिर ४ गतेको निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेकी डा. कार्की नेपाल मेडिकल काउन्सिलको सदस्य भएको र लाभको पदमा भएको व्यक्ति उम्मेदवार बन्न नपाउने भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।
आयोगको निर्णयविरुद्ध डा.कार्की सर्वाेच्चमा गएपछि अदालतले आयोगको निर्णय तत्काल यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो । २०७९ कात्तिक १४ गते दायर भएको रिटमा पटकपटक सुनुवाई र पेशी सरेपछि मंगलवार यसको टुंगो लागेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #योग्यतामाथिको प्रश्न खारेज, #रास्वपा सांसद डा. तोसिमा कार्कीको पक्षमा सर्वाेच्चद्वारा रिट जारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्