बालेनले हलमै गएर हेरे ‘लाज शरणम्’, धुर्मुसको अभिनयमा मोहित
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह हिजो आफूले गीतसमेत गाएको नयाँ चलचित्र ‘लाज शरणम्’ हेर्न हलसम्म पुगे । चलचित्र रिलिज भएको दोस्रो हप्तामा उनी मिडियालाई सुइँको नदिईकन आफ्ना केही साथीभाइ लिएर गएका थिए ।
निर्माण टिमलाई कहिले बालेन चलचित्र हेर्न आउँछन् भन्ने व्यग्र प्रतीक्षा थियो । अचानक बालेन दरबारमार्गको क्युएफएक्स हलमा आउन लागेको खबर पाउँदा निर्माण पक्ष पनि सरप्राइज्ड भएको थियो । त्यसपछि हतार हतार चलचित्रका कलाकारहरू पनि दौडिए ।
चलचित्र हेरिसकेपछि बालेनले सबैभन्दा बढी धुर्मुसको प्रंशसा गरे । मोहम्मद आफताब आलमको हुलिया र हाउभाउलाई धुर्मुसले दुरुस्तै उतारेको उनको प्रतिक्रिया थियो ।
धुर्मुसलाई अँगाल्दै बालेनले भने ‘यस्तो डिटेलमा दिनुभएको छ नि । लास्टै दामी लाग्यो यार । एकदम मजा आयो हेर्दा । म पनि एउटा कलाकार हो नि । तपाईँको कलाप्रति उच्च सम्मान छ ।’
बालेनले चलचित्रको विषयवस्तुको पनि तारिफ गरेका थिए । कर्णालीको कथालाई निकै मार्मिक तवरबाट चित्रण गरिएको उनले बताएका छन् ।
बालेन पछिल्लो समय चलचित्र हेर्न विरलै हल पुगेका छन् । मेयर भएपछि एकाध चलचित्र हेरे पनि उनी पुरै समय हलमा बसेका थिएनन् । लाजशरणम् भने उनले पुरै हेरे ।
बालेनले गाएको र्याप ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ पनि यो चलचित्रमा समावेश छ, जसले गर्दा चलचित्रको हाइप बढाएको थियो ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #धुर्मुसको अभिनयमा मोहित, #बालेनले हलमै गएर हेरे ‘लाज शरणम्’
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्