शिशु मृत्युदर कायमै, तीन वर्षमा सत्तरी जनाको मृत्यु
बैतडी, फागुन २७ गते । बैतडीमा शिशु मृत्युदर कायमै रहेको पाइएको छ । स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क अनुसार गएको तीन आर्थिक वर्षमा ७० जना नवजात शिशु र तीन जना प्रसूति महिलाको मृत्यु भएको छ । तथ्याङ्क अनुसार आव २०७८/७९ मा ४३ नवजात शिशु, आव २०७९/८० मा ११ जना, २०८०/८१ मा १३ जना र चालु आवको साउनदेखि माघ मसान्तसम्म तीन जना नवजात शिशुको मृत्यु भएको छ । योसँगै आव २०८०/८१ मा दुई जना प्रसूति महिला र चालु आव २०८१/८२ मा एक जना प्रसूति आमाको मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीका खोज सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “दिगो विकास लक्ष्य अन्तर्गत सन् २०३० सम्म मातृशिशु मृत्युदर शून्यमा झार्ने लक्ष्य भए पनि सो लक्ष्य हासिल गर्न चुनौती छ ।” उहाँका अनुसार आमा र शिशुको मृत्यु नरोकिनुका पछाडि स्वास्थ्य संस्था जान ढिलाइ, पुगिहाले पनि स्वास्थ्य सेवा पाउन ढिलाइ र तालिमप्राप्त दक्ष स्वास्थ्यकर्मी नहुनु मुख्य समस्या रहेका छन् । प्रसूति महिलाको रक्तचाप बढेर शरीर काम्दा देवीदेवताको पछाडि लाग्ने जस्ता अन्धविश्वास पनि रहेको उहाँले बताउनुभयो । बैतडीका १० स्थानीय तह र ८४ वडामा सुरक्षित प्रसूति सेवा दिन १५७ वटा प्रसूति केन्द्र रहेका छन् । यीमध्ये ११५ वटा स्वास्थ्य संस्थामा तालिमप्राप्त दक्ष जनशक्ति रहेको छ भने साबिकका ६८ वटा गाविसका तत्कालीन स्वास्थ्य चौकीमा अनमी, अहेव र औषधी उपकरणको व्यवस्था गरिएको छ ।
हटेन रूढिवादी परम्परा
स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिस भट्टका अनुसार पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकामा मृत्यु भएका दुई जना प्रसूति महिला धामीझाँक्रीलाई देखाइएको पाइएको छ । समाजमा अहिले पनि रूढिवादी परम्परा कायमै रहेकाले यस्ता कुरीति हटाउन स्थानीय तहले धामीझाँक्रीलाईसमेत सचेनामूलक तालिम दिन आवश्यक रहेको स्वास्थ्य कार्यालय बैतडीका निमित्त कार्यालय प्रमुख तीर्थराज भट्टले बतउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तीन वर्षमा सत्तरी जनाको मृत्यु, #शिशु मृत्युदर कायमै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्