सडकमा जुट्न थाले राजावादी, ५ लाख मान्छे उतार्ने ज्ञानेन्द्र शाहीको दावी
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न काठमाडौंका विभिन्न स्थानमा राजावादीहरुको चहलपहल सुरु भएको छ । राजावादी विभिन्न दल र संघ–संगठनहरु राजाको स्वागतमा जुट्दैछन् ।
आजको प्रदर्शनको नेतृत्वले औपचारिक रुपमा कसैले पनि गरेको छैन । राजसंस्था समर्थकन सबै व्यक्ति तथा समूहले आमजनतालाई पूर्वराजाको स्वागतमा आउन अपिल गरेका छन् । कुनै पनि पार्टीको ब्यानर वा झण्डाबिना प्रदर्शन गरिने छ । प्रदर्शनकारीले राष्ट्रिय झण्डा बोक्नेछन् ।
राजावादी सबैभन्दा ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन पूर्वराजाको स्वागतमा जाने छन् । अर्को राजावादी दल राप्रपा नेपालका अध्यक्ष कमल थापाको सहभागीता हुने नहुने निधो भइसकेको छैन । सो पार्टीका प्रवक्ता राजाराम बर्तौलाले केहीबेरमै अध्यक्षले निर्णय लिने बताए ।
बर्तौलाका अनुसार आजको प्रदर्शनलाई लिएर राप्रपा र राप्रपा नेपालबीच कुनै पनि संवाद भएको छैन । उनले भने, ‘यो स्वतःस्फुर्त प्रदर्शन हो । राजसंस्थाप्रति झुकाव राख्ने जुनसुकै पार्टीमा आवद्ध नागरिकहरु उपस्थित हुनुहुनेछ । अप्रत्याशित जनसहभागीता हुन सक्छ ।’
आजको प्रदर्शनको व्यवस्थापनमा खटिएका राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले भने ५ लाख मान्छे काठमाडौंमा उतारिने दावी गरे । सबै राजावादी शक्तिहरुले एकीकृतरुपमा प्रदर्शन गर्ने उनको भनाइ छ ।
उनले भने, ‘अहिले हामी एयरपोर्ट जाने क्रममा छौं । विभिन्न ठाउँमा नेता–कार्यकर्ताहरु जम्मा हुन थालिसक्नुभएको छ । ५ लाखभन्दा बढी मानिस उतार्ने हाम्रो लक्ष्य हो ।’
राजावादीहरुले पूर्वराजालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेर निर्मल निवाससम्म पुर्याउने छन् । यसबीचमा कुनै औपचारिक कार्यक्रम वा पूर्वराजाले सम्वोधन गर्ने घोषित तालिका भने छैन ।
शाहीले भने, ‘निर्मल निवास पुर्याएर फर्किने होइन । केही न केही हुन्छ । अहिले तय भइसकेको छैन ।’
आज राप्रपा र राप्रपा नेपाल बाहेक दुर्गा प्रसाईका कार्यकर्ताहरु पनि विमानस्थल जानेछन् । यस्तै शिवसेना नेपाल, राष्ट्र शक्ति नेपाल, नेवाः एकता तथा नागरिक समाज लगायत राजसंस्था समर्थक समूहहरु पनि प्रदर्शनमा मिसिने तयारी छ ।
पूर्वराजा शाह ३ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने कार्यक्रम छ । विमानस्थल गेटमा अहिल्यैबाट कडाइ गर्न थालिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #५ लाख मान्छे उतार्ने ज्ञानेन्द्र शाहीको दावी, #breaking, #सडकमा जुट्न थाले राजावादी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्